उपभोक्ता जागरण र बजार अनुगमन गर्दै ताप्लेजुङमा मनाईयो विश्व उपभोक्ता अधिकार दिवस

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत १ । उपभोक्ता जागरण,नमूनागत बजार अनुगमन र अन्तरक्रिया सहित ताप्लेजुङमा बुधवार विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ ।
उपभोक्ता अधिकार केन्द्रित प्लेकार्ड बोकेर फुङलिङ नगर क्षेत्रमा प्रभातफेरी गरिएको छ भने तरकारी पसल,माछा पसल,दैनिक उपभोग्य बस्तु बिक्री पसल,ब्रेकरी पसल र मेडिकल हलको नमूनागत बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिनुभयो । नमूनागत बजार अनुगमनका क्रममा देखिएका समस्या सुधारका लागि सम्वन्धित पसल सञ्चालकलाई सेचत गराईएको चाँडै हुने एकिकृत बजार अनुगमनका क्रममा त्रुटी भेटिए कारवाहीको दाहेरामा ल्याईने सहायक प्रजिअ भट्टराईले बताउनुभयो । प्रभातफेरी र बजार अनुगमन सकिएपछि उपभोक्ता अधिकार जागरणका बिषयमा सरोकारवालालाई जानकारी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ सहितका सुरक्षा निकायका प्रमुखहरु,ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापा सहितका पदाधिकारी तथा सदस्यहरु,उपभोक्ता हकहित संरक्षण मञ्चका उपाध्यक्ष धनबहादुर थापा सहितका पदाधिकारी तथा सदस्यहरु,पत्रकार महासंघका जिल्ला सचिव सुवास आचार्य सहित अन्य सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
घरेलु कार्यालय ताप्लेजुङका उद्यम विकास सहजकर्ता नविन भट्टराईले उपभोक्ता जागरणका अभियानमार्फत उपभोक्ता अधिकार संरक्षण केन्द्रित कार्यक्रम सञ्चालन भएको बताउनुभयो । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको थियो । यसैको सम्झनामा विश्वभर हरेक बर्षको मार्च १५ तारेखका दिन यो दिवस मनाइन्छ । सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरु उपभोक्तालाई जागरुक बनाउने दायित्व बोकेका निकाय हुन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts