राष्ट्रिय युवा संघ ताप्लेजुङमा मनोज

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत १५ । राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको नवौं जिल्ला अधिबेशनले मनोजकुमार लिम्बू अध्यक्ष रहेको ६३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा मानिक तुम्बाहाम्फे,सचिवमा डेबिट लिम्बू,सहसचिवद्धयमा कविता सेन्दाङ र नविन रेग्मी तथा कोषाध्यक्षमा प्रकाश एभेङ चयन हुनु भएको नेकपा एमाले ताप्लेजुङ जिल्ला प्रचार विभाग प्रमुख एवम् आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले जानकारी दिनुभयो ।

एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष भूपेन्द्र थेबे,प्रदेश कमिटी सचिवालय सदस्य बलबहादुर साम्सोहाङ,एमाले जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा,जिल्ला कमिटीका उपसचिवद्धय दीपेन्द्र(दीपेन)पोमू र मणिशंकर पोमू,युवा संघ नेपालका सचिवालय सदस्य तथा जिल्ला इञ्चार्ज गोपाल न्यौपाने सहितको उपस्थिति रहेको एमाले ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts