ताप्लेजुङमा सबैभन्दा बढी जनसंख्या १५ देखि १९ बर्ष उमेर समूहका,९५ बर्ष भन्दा माथिका ३५ जना !

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १२ । ताप्लेजुङमा सबैभन्दा बढी १५ देखि १९ बर्ष उमेर समूहका मानिस रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदन अनुसार सो उमेर समूहका १३ हजार ८० जना मानिस रहेका छन् । यस्तै ९५ बर्ष वा सो भन्दा माथि उमेर समूहका ३५ जना नागरिक रहेका छन् ।

प्रतिबेदन अनुसार २० देखि २४ बर्ष उमेर समूहका मानिस ११ हजार ९ सय २१ जना रहेका छन् । यस्तै ५ देखि ९ बर्ष उमेर समूहका ११ हजार ७ सय १६ जना,१० देखि १४ बर्ष उमेर समूहका ११ हजार ५ सय ९३ जना,२५ देखि २९ बर्ष उमेर समूहका १० हजार ५ सय २३ जना,जन्मेदेखि ४ बर्ष उमेर समूह भित्रका १० हजार २ सय २० जना मानिस रहेको जनगणनाको प्रतिबेदनमा उल्लेख गरिएको छ । ३० देखि ३४ बर्ष उमेर समूहका मानिसको संख्या ८ हजार ३ सय ६५ रहेको छ भने ३५ देखि ३४ बर्ष उमेर समूहको संख्या ७ हजार २ सय ६ जना रहेको छ ।

यस्तै ४० देखि ४४ बर्ष उमेर समूहका ६ हजार ४ सय ६८ जना,४५ देखि ४९ बर्ष उमेर समूहका ५ हजार ४ सय ७३ जना,५० देखि ५४ बर्ष उमेर समूहका ६ हजार २ सय जना,५५ देखि ५९ बर्ष उमेर समूहका ४ हजार ९ सय ८४ जना रहेका छन् । यस्तै ६० देखि ६४ बर्ष उमेर समूहका ४ हजार ३ सय ८८ जना,६५ देखि ६९ बर्ष उमेर समूहका ३ हजार २ सय ४० जना,७० देखि ७४ बर्ष उमेर समूहका २ हजार ४ सय ४१ ज्ना,७४ देखि ७९ बर्ष उमेर समूहका १ हजार ४ सय ४८ जना,८० देखि ८४ बर्ष उमेर समूहका ८ सय २ जना,८५ देखि ९० बर्ष उमेर समूहका ३ सय ६६ जना र ९० देखि ९४ बर्ष उमेर समूहका १ सय २१ जना नागरिक रहेको राष्ट्रिय जनगणनाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts