पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङद्धारा बिद्यार्थी संघ,संगठन दर्ता आवहान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन ११ । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसले संघ,संगठन र समूह दर्ता आवह्वान गरेको छ । क्याम्पस प्रमुख मोहनकुमार राईले स्ववियु निर्वाचनमा भाग लिन इच्छुक बिद्यार्थी संगठनहरुले फागुन १९ गते अपरान्ह ३ बजे सम्म दर्ता भईसक्न आवह्वान गर्नुभएको छ । क्याम्पस प्रमुख राईले स्ववियु निर्वाचनमा भाग लिन इच्छुक बिद्यार्थी संगठनहरुले आफ्नो संगठन दर्ता नगरे संस्थागत रुपमा निर्वाचनमा भाग लिन नपाउने जनाउनु भएको छ । त्रिभुवन बिश्व बिद्यालयले आगामी ५ गते स्ववियु निर्वाचन गर्नेगरी यसअघि नै कार्यतालिका प्रकाशन गरिसकेको छ । कार्यतालिका अनुसार फागुन १९ गते विद्यार्थी संघसंगठन दर्ता,२१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीमा दाबी–विरोध र सोहि दिन मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तमि नामावली प्रकाशन, फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण,२७ गते उम्मेदवारको प्रत्यक्ष र समानुपातिकतर्फ मनोनयनपत्र दाखिला गर्ने, २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय, फागुन २९ गते उम्मेदवारको समय फिर्ता लिने अन्तिम समय र सोहिदिन फागुन २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २९ गते देखि चैत्र २ गते सम्म प्रचारप्रसारको कार्यक्रम रहेको छ । त्रिभुवन बिश्व बिद्यालयले यसपटक देखि २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts