नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको सभापति सहित सबै पदमा निर्विरोध,औपचारिक घोषणा भने बाँकी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन १० । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको सभापतिमा इन्द्रबहादुर गुरुङ सहितका पदाधिकारी तथा सदस्यहरुको आवश्यकता अनुसारको मात्र उम्मेदवारी परेको छ । उहाँहरु निर्विरोध चयन भएपनि निर्वाचन समितिले औपचारिक रुपमा घोषणा भने गरेको छैन ।
१२ गते हुने जिल्ला रेडक्रस सोसाईटीको अधिबेशन अन्र्तगत बुधवार भएको मनोनयन दर्तामा आवश्यक पद संख्याको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत तथा मतदान अधिकृत अर्जुन कार्कीले जानकारी दिनुभयो । समितिको महिला उपसभापतिमा देवीमाया कार्की,उपसभापतिमा सूर्यबहादुर लिम्बू,मन्त्रीमा विकास गौतम,कोषाध्यक्षमा दिनेश अधिकारी,उपमन्त्रीमा कमलप्रसाद भट्टराई र उपकोषाध्यक्षमा तेजबहादुर भट्टराई खत्रीको मात्र उम्मेदवारी परेको छ । यस्तै महिला सदस्यमा मञ्जु पौडेल भट्टराई,दिलमाया लिम्बू श्रेष्ठ र जुनिता ओझा तथा खुल्ला सदस्यहरुमा टामन सिग्देल,मोहन न्यौपाने,कुलमणि दाहाल,नरेन्द्रकुमार अधिकारी,योगेश्वर निरौला,गुरुप्रसाद पौडेल र नरेन्द्रकुमार बिष्टको मात्र उम्मेदवारी परेको छ । जुन आवश्यकता अनुसारको मात्र उम्मेदवारी रहेको छ । सिग्देल यसअघि उपसभापति रहनु भएको थियो । निर्वाचित समितिको कार्यकाल २ बर्षको हुने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts