हुलाक बचत बैंकको प्रभाव ः ताप्लेजुङ हुलाक कार्यालयले कमायो करिव ३६ लाख नाफा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ८ । जिल्ला हुलाक कार्यालय ताप्लेजुङले हुलाक बचत बैंकमार्फत करिव ३६ लाख रुपैंया नाफा आर्जन गरेको जनाएको छ । हुलाक बचत बैंकले बचत लगानीमार्फत ३५ लाख ९५ हजार ९ सय २६ रुपैयाँ नाफा आर्जन गरेको जिल्ला हुलाक कार्यालय ताप्लेजुङका निमित्त प्रमुख नवराज गिरीले जानकारी दिनुभयो ।
गिरीका अनुसार अहिले जिल्ला हुलाक कार्यालयमा ८ सय ४ जना बचतकर्ता रहेका छन् । हुलाक बचत बैंकमा १ करोड २३ लाख ३० हजार ७ सय ६९ रुपैयाँ बचत रहेको छ । बैंकको कूल बचत मध्ये ३२ लाख २९ हजार ६ सय ८८ रुपैयाँ लगानीमा रहेको गिरीले जानकारी दिनुभयो । ब्याजमा कर नलाग्ने भएकोले अरु बैंक भन्दा सेवाग्राहीलाई लाभ हुने हुलाक कार्यालयको दावी रहेको छ ।

हुलाक बचत बैंकको लगानी सुरक्षित हुन्छ । ऋण लिन स्थायी सरकारी कर्मचारी हुनुपर्ने र त्यहिँ स्थायी नियुक्ति पत्रको प्रतिलिपि धितो राखेर ऋण लिन पाउने भएकोले लगानी जोखिममा नपर्ने कार्यालयले बताएको छ । बचत गर्न भने आम सर्वसाधरणले पाउँछन् । हुलाक बैंक बचतकर्ताका लागि दुई बेग्ला–बेग्लै किसिमको ब्याजदर निर्धारण गरिएको छ । ७० बर्षभन्दा कम उमेरका बचतकर्ताका लागि ६ प्रतिशत र ७० बर्ष उमेर पूरा गरेका बचतकर्तालाई ७ प्रतिशत ब्याजदर निर्धारण गरिएको गिरीले जानकारी दिनुभयो ।

बचतकर्तालाई न्यूनतम् ६ र अधिकतम् ७ प्रतिशत ब्याजदर निर्धारण गरेको हुलाकले लगानी बापत भने ८ प्रतिशतका दरले ब्याज असुल गर्ने गरेको छ । गिरीका अनुसार नावालक बचतकर्ताका लागि उसको जन्मदर्ता र संरक्षक खुल्ने बिबरणका आधारमा न्यूनतम् एकसय रुपंैंयामा बचत खाता खोल्न सकिन्छ । वालिग बचतकर्ताका लागि नागरिकता वा सरकारद्धारा जारी उसको प्रमाण खुल्ने कुनै एक प्रमाण–पत्र,दुईप्रति पासपोर्ट साईजको फोटो र न्यूनतम् एकसय रुपैंया भएमा खाता खोल्न बाधा मानिने छैन । बढीमा १० लाख रुपैंया सम्मका बचतकर्ता समेत रहेको गिरीले जानकारी दिनुभयो ।

जिल्ला हुलाक कार्यालयले आफु र माताहातका सबै हुलाक कर्मचारीको खाता हुलाक बचत बैंकमा खोलेर त्यसैमार्फत उसको तलव÷भत्ता भुक्तानी गर्दै आएको छ । गिरीका अनुसार जनस्वास्थ्य,स्वास्थ्य चौकीका कर्मचारी र महिला स्वास्थ्य स्वयं्सेविका हुलाक बचत बैंकका प्रमुख खाता सञ्चालक हुन् । संस्थागत रुपमै पनि खाता सञ्चालन गर्ने गरिएको कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts