ताप्लेजुङ जिल्ला अदालतद्धारा चालू आवमा करिव ३६ प्रतिशत मुद्दा फस्र्यौट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २९ । ताप्लेजुङ जिल्ला अदालतले चालू आर्थिक बर्षको पुस मसान्त सम्ममा करिव ३६ प्रतिशत मुद्दा फस्र्यौट गरेको छ । अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार गत आबाट जिम्मेवारी सरी आएका सहित अदालतमा चालू अवस्थामा २ सय ७४ थान मुद्दा रहेका छन् । यि मध्ये ९७ जना मुद्दाको फस्र्यौट भएको रेग्मीले जानकारी दिनुभयो ।
अदालतमा चालू आवमा दर्ता भएका मुद्दाको नयाँ लगत १ सय ६४ रहेको छ । गत आवबाट १ सय १० थान मुद्दा चालू आवका लागि जिम्मेवारी सति सरी आएका थिए । कूल मुद्दाको ३५.४० प्रतिशत फस्र्यौट भएको रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार जिम्मेवारी सरी आएका ४८ थान र नयाँ दर्ता भएका ४९ थान मुद्दा फस्र्यौट भएका छन् । पुस महिना भित्रको अवस्था हेर्दा अदालतमा अहिले १ सय ७७ थान मुद्दा फस्र्यौट हुन बाँकी रहेको अवस्थामा छन् । ति मध्ये दुईबर्ष नाघेको १ थान मुद्दा रहेको छ । १ सय ७ थान मुद्दा ६ महिना भित्रका रहेका छन् । ५७ जना मुद्दा ६ महिना देखि एकबर्ष भित्रका र १२ थान मुद्दा १८ महिना देखि १८ महिना भित्रका रहेका छन् । १८ महिना देखि २ बर्ष भित्रका मुद्दा भने शुन्य छन् ।
अदालतले ६ महिना भित्रका ६६ थान, ६ महिना देखि १२ महिना भित्रका २९ थान र एकबर्ष देखि १८ महिना भित्रका २ थान मुद्दा फस्र्यौट गरेको जनाएको छ । जिम्मेवारी सरी आएकामा १ सय १० थान मध्ये देवानीतर्फ ८०,फौजदारीतर्फ २९ र १ थान निशेधाज्ञा सम्वन्धी मुद्दा थिए । बन्दी प्रत्यक्षीकरण सम्वन्धी कुनैपनि मुद्दा ताप्लेजुङ अदालतमा छैनन् । चालू आवमा दर्ता भएका १ सय ६४ थान मुद्दामध्ये देवानीतर्फ १ सय २१,फौजदारीतर्फ ४१ र निशेधाज्ञातर्फ २ थान मुद्दा रहेका छन् । यता थुनुवा मुद्दातर्फ जिम्मेवारी सरी आएका ४ र नयाँ लगतमा दर्ता भएका २० गरी कूल २८ थान रहेकोमा ४ थानको मात्र फस्र्यौट भएको छ । २४ थान मुद्दा कारवाहीको क्रममा रहेको अदालतले जनाएको छ ।
अघिल्लो आवबाट ज्यान सम्वन्धी मुद्दा÷अंगभंग र जबरजस्ती करणीका ४–४ थान गरी ८ थान मुद्दा जिम्मेवारी सरी आएका थिए । चालू आवमा हातहतियार तथा खरखजना सम्वन्धीका ३, ज्यान सम्वन्धी मुद्दा÷अंगभंगका ४,जबरजस्ती करणीका ८,सबै प्रकारका चोरी मुद्दा, लागु औषध सम्वन्धी र बहुबिबाह सम्वन्धीका समान १–१ गरी ३, र सवारी ज्यान सम्वन्धीका २ थान मुद्दा नयाँ लगतको रुपमा दर्ता भएका छन् । यि मध्ये ज्यान सम्वन्धी मुद्दा÷अंगभंगको १ थान र जबरजस्ती करणी सम्वन्धीका ३ थान मुद्दाको फस्र्यौट भएको छ ।

Similar Posts