चार सुरक्षा अधिकारी सहित ताप्लेजुङका छजना कार्यालय प्रमुखको एकसाथ सरुवा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ २५ । ताप्लेजुङका चार सुरक्षा अधिकारी सहित छ जना कार्यालय प्रमुखको एकसाथ सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल सरुवा भएपछि नयाँ प्रमुख जिल्ला अधिकारीमा गोमादेवी चेम्जोङ आउनु भएको छ । उहाँ ताप्लेजुङकी पहिलो महिला प्रजिअ हुनुहुन्छ ।
यस्तै नेपाली सेनाको भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठको सरुवा भएपछि सेनानी पवन नगरकोटी गुल्मपति बनेर आउनु भएको छ । श्रेष्ठ सेनानीबाट पदोन्नती भई प्रमुख सेनानी भएसंगै सरुवा हुनुभयो । जिल्ला प्रहरी प्रमुख(डिएसपी)कैलाश राईको ठाउँमा राजन लिम्बू आउने हुनु भएको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी सरुवा भएर सुनसरी पुग्दा पाँचथरबाट दुर्गा चापागाँई अधिकारीको स्थानमा आउने हुनु भएको छ । यस्तै जिल्ला निर्वाचन अधिकृत दिनेश खनालको सञ्चार मन्त्रालयमा सरुवा भएको छ । उहाँको स्थानमा को आउने भन्ने टुङ्गो लागेको छैन । यस्तै खाद्य कार्यालयका प्रमुख तुलमाया लोवाको पनि सरुवा भएको छ । उहाँको स्थानमा आउनेको नाम समेत टुङ्गो लागेको छैन । प्रजिअ चेम्जोङले कर्मचारीको सरुवा,ढुवा र पदस्थापन नियमित प्रकृया हुने बताउनुभयो । यसैबीच,ताप्लेजुङका तीनमुख्य कार्यालयको नेतृत्व महिलाको कमाण्डमा पुगेको छ । निर्मला योङ्याले पहिलोपटक ताप्लेजुङ अदालतको महिला जिल्ला न्यायाधीसको ईतिहाँस रचेको केहि समयमै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा चेम्जोङ ताप्लेजुङकी पहिलो महिला प्रजिअ बन्नु भएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा जिल्ला न्यायधिबक्ताको भूमिकामा मोना सिंहले नेतृत्व गरिरहनु भएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा उपसचिव स्तरको दरबन्दी कायम भएपछि सिंह पहिलो महिला कार्यालय प्रमुख हुनुहुन्छ । खाद्य कार्यालयको प्रमुख लोवाको सरुवा भएपछि यहाँका अब तीन कार्यालयका प्रमुख महिला हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts