तेल्लोक स्पोर्टिङ क्लवले दीर्घरोगी सदस्यलाई २० हजार रुपैयाँ सम्म सहयोग गर्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ १५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले क्लवमा आवद्ध परिवारका दीर्घरोगी सदस्यहरुलाई अधिकतम् २० हजार रुपैंया सम्म सहयोग गर्ने भएको छ । उसले मासिक रुपमा एकदिन सामाजिक कार्यमा स्वयंसेवी योगदान गर्ने निर्णय पनि लिएको छ ।
क्लवको प्रथम अधिबेशन पछि नव निर्वाचित कार्य समितिको पहिलो बैठकले यस्तो निर्णय लिएको अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार क्लवमा आवद्ध परिवारका दीर्घरोगी सदस्यहरुलाई पारिवारिक अवस्थाका आधारमा न्यूनतम् ५ देखि अधिकतम् २० हजार रुपैयाँ सम्म सहयोग गरिने छ । सहयोगको दीर्घकालिन कोष स्थापनाका लागि क्लवले स्थानीय सरकार सहित सबै निकायसंग समन्वय गर्ने भएको छ ।
‘हामी यो कोषलाई दीर्घकालिन र मजवुत बनाउन सबै निकाय र दाता संस्था तथा व्यक्तिसँग समन्वय गरिरहेका छौं’क्लवका अध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले क्लवका सबै सदस्यहरुको सहभागितामा मासिक रुपमा एकदिन सामाजिक कार्यमा टेवा पुग्ने गरी स्वयंसेवी श्रमदान गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।
सामाजिक रुपमा गरिने यस्तो योगदानका आधार सहितको कार्ययोजना तयार पार्ने कार्यमा क्लव जुटीरहेको भट्टराईले बताउनुभयो । खेलकुद क्लवले खेल गतिविधि मात्र गर्ने नभई अन्य सामाजिक काममा समेत योगदान दिन सकिन्छ भन्ने भावबाट प्रेरित भई क्लवले सर्वसम्मतिमा यस्तो निर्णय लिएको समेत उहाँले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts