| | |

पापुङका नागरिकलाई सिरक वितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ३० । ताप्लेजुङको दुर्गम हिमाली गाउँ पापुङका नागरिकलाई न्यानो सिरक वितरण गरिएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका बासिन्दा तथा स्थानीय नागरिकलाई वडा कार्यालयले सिरक वितरण गरेको हो ।
चिसो अर्थात हिउँद मौसममा वडाबासी नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्य राखेर वडा कार्यालयले सिरक वितरण गरेको जनाएको छ । वडाबासी पापुङका दुईसय ७० परिवारलाई एक थानका दरले न्यानो सिरक वितरण गरेको वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिनुभयो । वडाको योजनाअन्तर्गत करिव छ लाख रुपियाँ बराबरको बजेट खर्च गरेर वडाबासीलाई सिरक वितरण गरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
वडाले वितरण न्यानो सिरकले चिसो मौसममा वडाबासीलाई राहत पुग्ने विश्वास राखिएको पनि वडाध्यक्ष शेर्पाले बताउनुभयो । हिउँद मौसमसँगै यतिबेला अध्यधिक चिसो बढिरहेको समयमा न्यानो सिरक पाएपछि वडाबासी लाभग्राहीमा खुसी छाएको छ । कतिपय विपन्न परिवारकोसमेत बसोबास भएकाले न्यानो सिरक पाउँदा उनीहरुले अझ बढी राहतको महशुस गरेका छन् । गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाको उपस्थितिमा वडा कार्यालयसहित टोलटोलमा पुगेर न्यानो सिरक वितरण गरिएको पनि वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts