| |

मिक्वाखोलामा मेलमिलापकर्तालाई तालिम प्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा मेलमिलापकर्तालाई तालिम प्रदान गरिएको छ । गाउँपालिका न्यायिक समिति सचिवालयको आयोजनामा समितिका पदाधिकारी, सदस्य र मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी आठ दिने तालिम प्रदान गरिएको हो ।
मानव अधिकार मञ्च इलामको सहजीकरणमा आयोजित तालिममा सहभागी मेलमिलाप कर्तालाई मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिएको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोेजक डण्डु लामाले जानकारी दिनुभयो । उपाध्यक्ष लामाका अनुसार गाउँपालिकाका पाँच वटै वडाका मेलमिलाप कर्ता र न्यायिक समितिका पदाधिकारी तथा सदस्यहरुसमेत गरी ३० जनाको सहभागिता रहेको थियो ।
विवादको स्वरुप, कारण, चरण, प्रचलित उपायहरु, मेलमिलापको ऐतिहासिक विकास क्रम, समाधानका रणनीति, मेलमिलापकर्ताको भूमिका र दायित्व लगायतका विषयमा तालिम प्रदान गरिएको बताइएको छ । मानव अधिकार मञ्च इलामका सहजकर्ताद्वय रुद्र थेबे र ईश्वर मगरले तालिमको सहजीकरण गर्नुभएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । तालिम पुस १५ शुक्रबार सुरु भई २२ गते शुक्रबार सम्पन्न भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts