| |

नयाँ कार्ययोजना स्वीकृत गर्दै शुभलाभको वार्षिक साधारणसभा सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २२ । ताप्लेजुङमा सञ्चालित शुभलाभ बचत चत ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभाले सञ्चालक सचिव र कोषाध्यक्षले पेश गरेको क्रमशः वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभामा संस्थाका सचिव हरिचन्द्र पौडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णकुमार शाक्यले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभाले सञ्चालक समिति सचिव पौडेलद्वारा प्रस्तुत चालू आर्थिक वर्ष २०७९/८० मा कार्ययोजना तथा कोषाध्यक्ष शाक्यद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदनसमेत पारित गरेको सञ्चालक समिति सदस्य दिनेश खवासले जानकारी दिनुभयो ।
सञ्चालक समिति अध्यक्ष गणेशकुमार श्रेष्ठले संस्थालाई उन्नति र प्रगतिको मार्गमा अघि बढाउन शेयर सदस्यको भूमिका प्रभावकारी हुने भन्दै सञ्चालक समितिलाई असल मार्गमा हिडाउने प्रयासमा सही सुझाव र परामर्श दिन आग्रह गर्नुभयो । यसअघि साधारणसभाको उद्घाटन गर्दै फुङ्लिङ नगर उपप्रमुख भीमादेवी ओझाले सहकारी संस्थाले समाजको बित्तीय क्षेत्र व्यवस्थापनमा ठूलो भूमिका निर्वाह भएको भन्दै सहकारीका सिद्धान्त सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहकारी संस्थाको उन्नयनमा बिभिन्न तवरले साथ र सहयोग गर्ने शेयर सदस्य तथा कर्मचारीहरुलाई सम्मानित पनि गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतम, पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी, रेडियो तमोरका स्टेशन म्यानेजर बसन्त पालुङ्वा सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts