ताप्लेजुङ आईएमई लुटपाट प्रकरण ः प्रहरीले फेरी फेला पार्यो ४६ तोला बढी सुन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ४ । गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाट पछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रवार साँझ सम्ममा प्रहरीले ३०६.६१ तोला सुन फेला पारेको छ ।
केहि बेर अघि प्रहरीले नयाँ बसर्पाक छेउमा खाल्डो खनि पुरेको अवस्थामा थप ३३ थान अर्थात् ४६.६१ तोला सुनका गहना फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रमुख(डिएसपी) कैलाश राईले तीन पोकामा रहेको सुन खाल्डो खनि परेको अवस्थामा फेला पारिएको जानकारी दिनुभयो ।
त्यहिँ आसपासबाट घटनाकै दिन प्रहरीले घटनाका मुख्य अभियुक्त राजन भनिने राजयन्द्र पोर्तेललाई नियन्त्रणमा लिएको थियो । शुक्रवार दिउँसो प्रहरीले फुङलिङनगरपालिका वडा न ४ स्थित झाडी जंगलमा प्रहरीले थप ८९ थान अर्थात् १ सय १७ तोला सुनका गहना फेला पारेको थियो । प्रहरीले लुुटपाटका सबै चार आरोपीहरुलाई नियन्त्रणमा लिइसकेको छ ।
यसअघि प्रहरी आरोपीको साथबाट बरामद गरिएको १ सय ४३ तोला सुनका गरहगना र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित सार्वजनिक गरिएको थियो । लुटपाट भएको कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले ३ सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट भएको जाहेरी प्रहरीलाई दिनु भएको छ ।
श्रेष्ठबाट हाल सुनको बजार भाउ अनुसार ३ करोड ३९ लाख ९९ हजार ६ सय रुपैयाँ बराबरको लुटपाट भएको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ । आरोपितहरुले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोल समेत देखाएर नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेर लगेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरीको प्रादेशिक अनुसन्धान टोली फुङलिङमा रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts