| |

ताप्लेजुङबाट २८ जनाको नाम समानुपातिक सूचीमा समावेश

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २८ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक सूचीमा ताप्लेजुङबाट २८ जनाको सूचीकृत भएको अर्थात अटाएको छ । विभिन्न दलबाट उक्त सङ्ख्यामा नाम प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा सूचीकृत भएको हो ।
निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभातर्फ १३ र प्रदेशसभामा १५ जनाको नाम समानुपातिकको बन्दसूचीमा अटाइएको छ । प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा समावेश नामध्ये नेपाली काँग्रेसका तर्फबाट महाधिवेशन प्रतिनिधिद्वय लीलादेवी बोखिम र गीताकुमारी सेन्दाङ रहनुभएको छ । यस्तै नेकपा एमालेबाट केन्द्रीय सदस्यद्वय टंक आङ्बुहाङ लिम्बू र उर्मिला थेबे तथा शिवकुमार गुरुङको नाम समावेश छ ।
नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य तेजशमशेर भट्टराई (काजी), जनता समाजवादी पार्टी नेपालबाट जिल्ला अध्यक्ष कीर्तिमान मादेन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाबाट जिल्ला अध्यक्ष अमृतकुमार साउदेनको नाम सूचीकृत भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सीतादेवी लिम्बू, मंगोल नेसनल अर्गनाइजेसनबाट अमृता बिक, नेपालका लागि नेपाली पार्टीबाट भूपेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट उमा लिम्बू र जनसमाजवादी पार्टी नेपालबाट गंगादेवी बस्नेतको नाम समानुपातिक सूचीमा समावेश छ ।
त्यस्तै प्रदेशसभातर्फ काँग्रेसबाट महाधिवेशन प्रतिनिधिद्वय इन्द्रकुमार केदेम लिम्बू र शिला इजमको समावेश भएको छ । एमालेबाट बुद्धिमान परियार, माओवादी केन्द्रबाट मनकुमारी मादेन लिम्बू, जनता समाजवादी पार्टीबाट निर्मला लिम्बू, नेकपा (एकीकृत समाजवादी) बाट नेताकुमारी परियार सिवाको अटाएको छ । राप्रपाबाट निर्मला इजम थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट इन्दु लिम्बू र मेलिना मादेनको नाम बन्दसूचीमा समावेश छ ।
त्यसैगरी जन समाजवादी पार्टीबाट असिम आङ्बुहाङ लिम्बू, नेकपा मालेबाट तेजेन्द्रकुमार प्रसाईं, नेपालका लागि नेपाली पार्टीबाट प्रमिला श्रेष्ठको नाम समानुपातिक सूचीमा समावेश भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीबाट अनिसा थेबे, नेपाल मजदुर किसान पार्टीबाट विकास काङ्भा लिम्बू र राष्ट्रिय जनमुक्ति पार्टीबाट देवीमाया लिम्बूको नाम पनि प्रदेशसभा सदस्यतर्फ समानुपातिक बन्दसूचीमा रहेको छ ।
दर्जनौं राजनीतिक दलका नामबाट प्रतिनिधि र प्रदेशसभा सदस्यको समानुपातिक सूचीमा ताप्लेजुङबाट उम्मेदवारको नाम सूचीकृत भए पनि जिल्लामा करिव आधा दर्जन दलमा क्रियाशील रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts