| |

ताप्लेजुङबाट एमाले सचिव भट्टराईको उम्मेदवारी दर्ता

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २३ । ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सचिव भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
भट्टराईको उम्मेदवारीको प्रस्तावकमा एमाले ताप्लेजुङका सचिव केशरकुमार मेन्याङ्बो र समर्थकमा उपसचिव दिपेन पोमु रहनुभएको छ । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा उहाँले दोस्रोपटक उम्मेदवार बन्ने अवसर पाउनुभएको हो । यसअघि २०७४ को निर्वाचनमा पनि ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा भट्टराई निर्वाचित हुनुभएको थियो ।
विगत २०६४ र २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा भने काठमाडौं क्षेत्र नं. ६ बाट दुवैपटक भट्टराई पराजित हुनुभएको थियो । यस्तै ताप्लेजुङको प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट प्रदेश १ (क) मा पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्बो र (ख) मा प्रदेश कमिटी सदस्य गोपाल थोप्राको उम्मेदवारी परेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts