मेयरकप रनिङ भलिबल प्रतियोगिताको यसबर्षको उपाधि पनि सिदिङ्वालाई

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ११ । ताप्लेजुङमा मंगलवार सम्पन्न मेयरकप रनिङ भलिबल प्रतियोगिताको यसबर्षको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो । सिदिङ्वाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५–२१,२५–१७,२१–२५ र २५–२१ को स्कोरमा पराजित ग¥यो । यसअघि सेमीफाईनलमा पाथीभरा याङ्वरकले फुङलिङ नगरपालिकाको टिमलाई र सिदिङ्वाले सिरिजङ्गा गाउँपालिकालाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर गत ८ गते देखि जारी प्रतियोगिता मंगलवार सकिएको हो । सिदिङ्वाको यो लगातार दोस्रो जीत हो । उसले अघिल्लो बर्षको मेयरकप पनि जितेको थियो ।

जीतसंगै सिदिङ्वाले नगद २ लाख ७५ हजार १ सय रुपैंयाका साथ रनिङकप,मेडल प्रमाणपत्र पाएको छ । उपबिजेता पाथीभरा याङ्वरक गाउँपालिका नगद १ लाख ४० हजार १ सय रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्रको हकदार भएको छ । सेमीफाईनलमा पुग्ने दुई टीम क्रमशःफुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाले प्रत्येकले नगद ४५ हजार १ सय रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने मेयरकप रनिङ भलिबल प्रतियोगिता खेल संयोजक एवम् फुङलिङ नगरपालिकाका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts