पाथीभरा म्याराथन तथा चाडपर्वमा कुनै किसिमको अवरोध नगर्न ताप्लेजुङ जिल्ला सुरक्षा समितिको आग्रह

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ७ । जिल्ला सुरक्षा समितिले ताप्लेजुङले आउँदो असोज ११ गते देखि १३ गते सम्म हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव सहित आसन्न चाडपर्वहरुका समयमा कुनै किसिमको अवरोध तथा व्यवधान नगर्न आग्रह गरेको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले शुक्रवार विज्ञप्ति जारी गर्दै असोज ११ गतेबाट हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव र चाडपर्वहरुमा भयरहित वातावरणमा भाग लिन आवäान गर्नुभयो । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव र चाडपर्वहरु हर्षोल्लासका साथ सम्पन्न गराउन जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारी भरपर्दो शान्ति सुरक्षा प्रदान गर्ने निर्णय गरेको भन्दै प्रशासन कार्यालयले भयरहित रुपले महोत्सव तथा चाडपर्वहरुमा सहभागिता जनाउन आग्रह गरेको हो । जिल्ला सुरक्षा समितिले महोत्सव तथा चाडपर्वहरुमा कुनै पनि किसिमको अवरोध भए स्थानीय प्रशासन ऐन २०२८ एवम् संक्षिप्त कार्यविधि ऐन २०२८ बमोजिम कानुनी कारवाही हुने चेतावनी दिएको छ ।

समग्र जिल्लाको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना भएको स्मरण गराउँदै जिल्ला सुरक्षा समितिले महोत्सवलाई अवरोध पुग्नेगरी केहि व्यक्तिहरुको समूहले असहयोगका कार्यक्रम घोषणा गरेकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । परापूर्वकाल देखि रहदैं आएको धार्मिक,सांस्कृतिक तथा जातीय सहिष्णुता दिगो बनाउने उद्धेश्य सहित विगत देखि हँुदै आएको महोत्सवलाई यसपटक पनि निरन्तरता दिएको भन्दै जिल्ला सुरक्षा समितिले यो समयमा कुनै किसिमको अवरोध नगर्न तथा सक्रियतापूर्वक सहभागिता जनाउन आग्रह गरेको छ ।

चाडवाडका बेला मानिसहरु आ–आफ्नो घरमा आउनेजाने गर्ने तथा यहिँ बेला पाथीभरा दर्शन गर्न आउने तीर्थालु समेत अत्यधिक हुने कुरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजवुत बनाइएको जिल्ला सुरक्षा समितिले बताएको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म तीनवटै निकायको संयुक्त आयोजनामा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुन लागेको हो । २०६५ साल देखि महोत्सव तथा म्याराथन हुँदै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts