महोत्सव सहित नेपालीहरुका पर्वलाई लक्षित गरी श्रिंगार्न थालियो फुङलिङ,ध्वजापतकाले बन्न थाल्यो रंगीचंगी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ६ । आउँदो असोज ११ देखि १३ गते सम्म ताप्लेजुङमा हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई लक्षित गरी सदरमुकाम फुङलिङसहित पाथीभरा क्षेत्र झकिझकाउ बनाउन थालिएको छ ।

समुदायले आ–आफ्नो घर आँगन क्षेत्रमा ध्वजापताका लगाउन थालेका छन् । नगर श्रिंगार उपसमितिका संयोजक एवम् ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पाले म्याराथन तथा महोत्सव र आउँदै गरेका पर्वहरु दशैं,तिहार, न्यूद्य भिन्तुना, बलिहाङ तङ्नाम र छैट सहितका नेपालीहरुका महानपर्वहरुलाई समेत लक्षित गरी नगर श्रिंगारमा सरिक भइदिन आग्रह गरिएको बताउनुभयो । सोहि आग्रह अनुसार स्थानीयले ध्वजापतका लगाउन थालेका छन् । विगतमा स्थानीयले आ–आफ्नो क्षेत्रमा स्वागतद्धार समेत बनाउने गरेका थिए । आयोजकले यसपटक पनि यस्ता कामले निरन्तरता पाउने बिश्वास लिएका छन् । ‘कामलाई तीव्रता दिइएको छ’ नगर श्रिंगार उपसमितिका सहसंयोजक एवम् पाथीभरा क्षेत्र विकास समितिका सदस्य राजेन(राजा)मादेनले भन्नुभयो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले नगरक्षेत्र सहित पाथीभरा क्षेत्र समेत झकिझकाउ हुनेगरी तयारी गरिएको जानकारी दिनुभयो ।

फुङलिङ नगरपालिकाले आयोजना गर्ने मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता भने ८ गते शनिवारबाट सुरु हुदैंछ । प्रतियोगिता सञ्चालन संयोजक एवम् फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारले महोत्सव तथा म्याराथनकै अवसर पारेर ८ गते सुरु हुने मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता ११ गते सकिने गरी तयारी थालिएको जानकारी दिनुभयो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म तीनवटै निकाय म्याराथन तथा महोत्सवका संयुक्त आयोजक हुन् । २०६५ सालदेखि सुरु भएको महोत्सव अन्तिमपटक २०७६ साल फागुनमा भएयता कोभिड संक्रमणका कारण सञ्चालन हुन सकेको थिएन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts