| |

पाथीभरा क्याम्पसमा शेर्पा विद्यार्थी संघ गठन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २६ ।
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा नेपाल शेर्पा विद्यार्थी संघको इकाइ कमिटी गठन भएको छ । नेपाल शेर्पा विद्यार्थी संघको सर्गम शेर्पाको अध्यक्षतामा पाथीभरा बहुमुखी क्याम्पस इकाइ कमिटी गठन भएको हो ।
आइतबार गठन भएको कार्यसमिति उपाध्यक्षमा सपना शेर्पा, सचिवद्वयमा लाक्पा ओङमु शेर्पा, डेमा दोर्ची शेर्पा, सह–सचिव द्वयमा लाक्पाकर्मा शेर्पा, डोमा शेर्पा र कोषाध्यक्षमा उर्मिला शेर्पा चयन हुनुभएको छ । संघको वर्तमान जिल्ला अध्यक्ष ओङ्दी शेर्पा, संंस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य मातृका शेर्पा, निवर्तमान अध्यक्ष एवम् शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङका सचिव तेन्जिङ शेर्पाको उपस्थितिमा इकाइ कमिटी गठन भएको जनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts