ताप्लेजुङमा एमालेबाट उम्मेदवार बन्न आकाँक्षीको लर्को,प्रतिनिधिसभामा भट्टराई सहित ५ जनाको दावेदारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २१ । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभामा ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचन लड्न नेकपा एमालेबाट केन्द्रीय सचिव योगेशकुमार भट्टराई सहित ५ जनाले दावेदारी प्रस्तुत गर्नु भएको छ ।

पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,केन्द्रीय सदस्यद्धय पासाङ शेर्पा र टंक आङ्बुहाङ तथा प्रदेश कमिटी सदस्य रामप्रसाद सुबेदीले दावेदारी प्रस्तुत गर्नु भएको हो । एमाले सचिव भट्टराई प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । मेन्याङ्वो २०५६ सालमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको थियो । शेर्पा पहिलो संबिधानसभामा मन्त्रिपरिषद्द्धारा मनोनित हुनु भएको थियो भने आङ्बुहाङ २०७४ सालको निर्वाचनमार्फत ताप्लेजुङको प्रदेशसभा १(ख)बाट प्रदेश सांसद निर्वाचित हुनु भएको थियो । आङ्बुहाङ २०६३ सालमा अन्तरिम बिधायक समेत हुनु भएको थियो । तत्कालिन माओवादीका नेता आङ्बुहाङ अहिले एमालेमा हुनुहुन्छ । उहाँ करिव ६ महिना प्रदेश १ सरकारको आर्थिक मामिला मन्त्री समेत हुनु भएको थियो । सुबेदी तत्कालिन ताप्लेजुङ जिल्ला विकास समितिका उपसभापति हुनुहुन्थ्यो ।

प्रदेशसभातर्फ सोमवार दावेदारी प्रस्तुत गरेका कसैले पनि दावी नछाड्ने भएपछि दावेदार सबैको नामावली केन्द्रमा पठाउने एमालेको आन्तरिक तयारी रहेको छ । सहमतिको अधिकतम् प्रयास जारी रहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य उर्मिला थेबे,पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा,लक्ष्मीबहादुर यक्सो,शिवकुमार गुरुङ,तारा नेपाली र मिरा नेपालीको दावेदारी देखिएको छ । प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ प्रदेश सांसद बलबहादुर साम्सोहाङ सहित सन्तोष खतिवडा,महेशकुमार गुरागाँई,देउमान बिष्ट,कुमार मादेन,भरतकुमार गुरुङ,हेमन्तकुमार उप्रेती,सुनिता थापा,नर्वदादेवी भण्डारी,गोपाल न्यौपाने र अनन्तबहादुर साँवाले दावेदारी प्रस्तुत गर्नु भएको छ । प्रदेशसभाको १(ख)तर्फ भने प्रदेश सांसद होमकुमारी साँवा सहित गोपाल थोप्रा,मणिशंकर पोमू,त्रिबेणी चोङ्वाङ र चित्रगुप्त साँवाले दावेदारी प्रस्तुत गर्नु भएको छ ।

प्रदेशसभाको १ ‘क’ र १ ‘ख’ को समानुपातिकतर्फ १८ जनाको दावी देखिएको छ । जस अनुसार आदिवासी जनजाति महिलातर्फ निर्मला इजम,खुल्ला महिलातर्फ टीकादेवी सुबेदी र टीकादेवी दाहाल,दलित पुरुषतर्फ बुद्धिमान परियार,छत्र बिक र हरिलाल ठकुरी सुनाम,खुल्ला महिलातर्फ कोपिला नेपाली,आदिवासी जनजातितर्फ संविधानसभा सदस्य सञ्चपाल मादेन,सूर्यबहादुुर आङबुहाङ,मंगलसिंह केदेम र हिमालयबिक्रम चाम्लिङ,दलित तथा अल्पसंख्यकतर्फ गणेश कार्कीढोली,खस आर्यतर्फ राजेश प्याकुरेल र धर्मराज घिमिरे तथा खुल्लातर्फ बीरबहादुर मावोहाङ,राधाकृष्ण पौडेल,इन्द्र शेर्पा र रामकुमार विश्वकर्माको दावेदारी देखिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts