|

मेरो दाबेदारी कायम छ,सिफारिस सूचीमा राख्नु पर्यो ः पुर्कुटी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १७ । नेपाली काँग्रेस ताप्लेजुङमार्फत प्रदेशसभाको समानुपातिकतर्फ दलित क्लष्टरमा नाम समावेश गर्न निबेदन दिनु भएका सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङका सन्तोषकुमार सार्की(पुर्कटी)ले आफुले दावेदारी फिर्ता नलिएको दावी गर्नु भएको छ ।

‘न मैले सिफारिस सूचीमा नाम समावेश नगर्न सहमति दिएको हुँ,न मलाई यसका बारेमा सहमति लिने प्रयास नै गरिएको छ’सार्कीले भन्नुभयो । उहाँले समानुपातिक सिफारिसमा आफ्नो दावेदारी कायम रहेको भन्दै जबरजस्त हटाउन खोजे मान्य नहुने बताउनु भएको छ । दलित कोटामा सिफारिसका लागि आफुले गरेको अपिल कायम रहेको भन्दै निबेदन अनुसार आफ्नो नाम समेत कायम राखेर सिफारिस गर्नुपर्ने उहाँको अडान रहेको छ ।

आफ्नो नाम पन्साएर सिफारिस गर्न खोजेकोले आफुले गरेको अपिललाई प्रदेश कार्य समितिले जिल्ला कार्य समितिमा पठाएको उहाँले बताउनुभयो । प्रदेश १(क)को क्षेत्रीय कार्य समितिले भने पुरुषतर्फ केशवप्रसाद दाहाल,पदमसुन्दर पालुङ्वा,रामप्रसाद कङ्लिवा र मंगल मेन्याङ्वोको र महिलातर्फ शीला इजम,मीना गुरुङ र मातृकादेवी प्रसाँईको नाममा सिफारिस सूची तयार गरेको थियो । अन्तिम नामावलीमा सार्कीको नाम समावेश गरेर पठाउने,नपठाउने बारे प्रदेश कार्य समितिले जिल्ला कार्य समितिलाई आवश्यक छलफल र राय लिई निर्णय गर्न आग्रह गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts