काँग्रेस ताप्लेजुङद्धारा प्रदेशसभाका दुबै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १७ । नेपाली काँग्रेस ताप्लेजुङले प्रदेशसभाका दुबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

स्रोतका अनुसार प्रदेशसभा १(क)बाट डिल्लीरमण बराल,लक्ष्मीप्रसाद भट्टराई र गोपाल गुरुङको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ पुरुषमा ४ र महिलातर्फ ३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ । पुरुषतर्फ केशवप्रसाद दाहाल,पदमसुन्दर पालुङ्वा,रामप्रसाद कङ्लिवा र मंगल मेन्याङ्वोको नाम सिफारिस हुने भएको छ । यस्तै महिलातर्फ शीला इजम,मीना गुरुङ र मातृकादेवी प्रसाँईको नाम सिफारिस हुने भएको छ ।

प्रदेशसभा(ख)को प्रत्यक्षतर्फ बिहीबारै क्षेत्रीय सभापति खगेनसिंह हाङ्गामको एकल नाम सिफारिस भइसकेको छ । समानुपातिकमा भने पुरुषतर्फ ४ र महिलातर्फ ५ जनाको नाम चर्चामा आएको छ । सहमति नभए चर्चामा आएका सबैको नाम सिफारिसको तयारी गरिएको स्रोतले जनाएको छ । पुरुषतर्फ इन्द्र केदेम,गणेशबहादुर चोङ्वाङ,तिलप्रसाद सुब्बा र टेकबहादुर साँवाको चर्चामा छ । महिलातर्फ गीता सेन्दाङ,कविता सुब्बा,नरमाया केदेम,कल्पनादेवी सिटौला र चन्द्रकला लिम्बूको नाम चर्चामा रहेको छ ।

एकल नाम बाहेक अरु सबै नाम पठाउँदा बर्णानुक्रम अनुसार पठाउने सहमति भएको स्रोतले जनाएको छ । समानुपातितर्फका नाम बारे अझै पनि छलफल भइरहेको र त्यसलाई अन्तिम रुप दिने तयारी भने गरिएको स्रोतले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts