संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चद्धारा ताप्लेजुङमा उम्मेदवार सिफारिस,प्रदेश १(ख)मा काँग्रेसका उम्मेदवार हाङगाम

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १७ । २०७४ सालको आम निर्वाचनमा ताप्लेजुङमा समानुपातिकतर्फ चौथो ठूलो शक्ति बनेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषद्ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ होमप्रसाद तुम्बाहाम्फे र उदय लिङदेनलाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशसभा १(क)मा भूपेन्द्र मावो र १(ख)मा मुक्साम लाबुङलाई सिफारिस गरिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ भने प्रदेश १ सरकारका राज्यमन्त्री समेत रहनु भएकी बिष्णु तुम्बाहाम्फे,बिष्णुकुमार यक्सो र अमृता गुरुङको नाम सिफारिस गरिएको छ । प्रदेशसभाको समानुपातिकतर्फ भने इन्द्रकुमारी(इन्दिरा)मेन्याङ्वो लिम्बू,देउबहादुर(डि.वी)खुदाङ,रीता मादेन र रुपा चोङ्वाङको नाम सिफारिस भएको छ ।

यसअघि नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फ पार्टीका उम्मेदवार घोषणा गरिसकेका छन् । यसैबीच, नेपाली काँग्रेसले ताप्लेजुङको प्रदेशसभा १(ख)मा क्षेत्रीय सभापति खगेनसिंह हाङ्गामको एकल नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ भने ७ जना सिफारिस हुनु भएको छ । हाङ्गाम बिद्यार्थी संघ र पछि तरुण दलको जिल्ला अध्यक्ष हँुदै काँग्रेसको राजनीतिमा उदाउनु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts