| |

माओवादीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १३ ।
ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरिएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्र ताप्लेजुङले सम्मान गरेको हो ।
माओवादीका तर्फबाट उम्मेदवार भई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समिति सदस्य, कार्यपालिका सदस्य, वडासदस्य सहितका जनप्रतिनिधिलाई सम्मान गरिएको हो । सदरमुकाम फुङ्लिङमा सोमबार आयोजित कार्यक्रमकाबीच निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्नुका साथै कदरपत्रद्वारा सम्मान गरिएको हो ।
जनप्रतिनिधिहरुलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य पर्शु काकी, प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ लगायतले सम्मान गर्नुभएको थियो । नौ स्थानीय तह रहेको जिल्लामा माओवादीका तर्फबाट दुई पालिकामा अध्यक्ष, तीन उपाध्यक्ष, १० वडाध्यक्षसहित ५४ जना निर्वाचित हुनुभएको छ ।
यसैबीच पार्टीका प्रदेश नेतृत्वको सहभागितामा जिल्ला समन्वय समितिको बैठक पनि फुङ्लिङमा सुरु भएको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी, संघ र प्रदेशमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सम्भावित उम्मेदवारबारे र पार्टी संगठन, आगामी योजना लगायतका प्रस्तावमाथि छलफल हुने जिल्ला संयोजक विष्णुकुमार लिम्बू (बिरु) ले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts