ताप्लेजुङका साहित्यकार ‘लेकाली कान्छा’ पुरस्कृत
–उज्यालो पोष्ट
पाँचथर, भदौ १३ । १५६ औं मोती जयन्तीको अवसरमा शनिबार यस वर्षको स्वर्गीय ऐतराज केरुङ स्मृति गजल पुरस्कार ताप्लेजुङका गजलकार लक्ष्मीप्रसाद लिम्बू (लेकाली कान्छा) लाई प्रदान गरिएको छ । पुरस्कार पाँचथर गजल मञ्चका सस्थापक अध्यक्ष मधुराज केरुङ र उहाँका दाजु सागर केरुङले दिवंगत पिता ऐतराज केरुङको स्मृतिमा स्थापना गर्नु भएको हो ।
आठ वर्ष अगाडि स्थापना भएको उक्त पुरस्कारको राशी ८ हजार ८ रुपैयाँ रहेको छ । पुरस्कृत लेकाली कान्छाले उक्त नगदसहित कदरपत्र पाउनुभएको छ । २०७७ र ०७८ मा कोरोना संक्रमणका कारण पुरस्कार वितरण हुन नसकेको मञ्चका अध्यक्ष सन्देश सुब्बाले जानकारी दिनुभयो ।
कार्यक्रममा जुनु खतिवडा, कुवेर मृदुल आङ्बो, पूर्ण परिचित जबेगू, राज दिलाञ्जली, नरेन्द्र केरुङ अन्योल, मणि चापागाई र रहर पारखीले विभिन्न गजल वाचन गर्नुभएको थियो ।