पहिरोबाट बिस्थापित सिरिजङ्गा र सिदिङ्वाका १५२ घरधुरीलाई पुर्नस्थापनाका लागि सिफारिस

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १० । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी र पहिरोबाट बिस्थापित सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका १ सय ५२ घरधुरीलाई पुर्नस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ ।

सिरिजङ्गाका १ सय १७ र सिदिङ्वामा ३५ घरधुरीलाई पुर्नस्थापनाका लागि प्राधिकरण समक्ष सिफारिस गरिएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । सिरिजङ्गाले गत साउन १८ गते र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट उक्त संख्याका घरधुरी बिस्थापित भएको भन्दै कार्यपालिकाको निर्णय सहित पुर्नस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समक्ष अनुरोधपत्र पठाएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिले सिरिजङ्गा–७ खेवाङमा घरसहित पहिरोले बगाएर मृत्यु भएका तुलसा अधिकारी र यसोदा अधिकारीका आफन्तलाई तीन लाख रुपैंया उपलब्ध गराएको जनाएको छ । यस्तै चट्याङ लागेर मृत्यु भएका मेरिङदेन वडा नं २ सान्थाक्राका लालकुमार शेर्पाका परिवारलाई नगद दुईलाख रुपैंया उपलब्ध गराएको जिल्ला विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति समेत रहनु भएका प्रशासन कार्यालयका नायव सुब्बा सुरेन्द्र दाहालले जानकारी दिनुभयो ।

यस्तै आगलागीका कारण घर सहित श्रीसम्पत्ति गुमाएका मेरिङदेन वडा नं २ सान्थाक्राका रेञ्जुङ शेर्पालाई २० हजार रुपैंया उपलब्ध गराईएको समेत जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts