पक्राउपूर्जी खारेजी र तीनबुदें सहमतिको कार्यान्वयनको माग सहित नेकपाद्धारा सरकारलाई ज्ञापनपत्र

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १ । आफुसंग गरेको तीनबुदें सहमति कार्यान्वयनको माग सहित नेत्रबिक्रम चन्द‘बिप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफुहरुसंग वार्ता गरोस् भन्ने सन्देश दिएको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै नेकपाले ‘सरकारले तत्कालै नेकपालाई तुरुन्त बार्तामा बोलाई उपयुक्त कार्यको थालनी गर्न पहल गरोस् भनेको’ छ । ज्ञापनपत्रमा राज्यद्धारा अदालतमार्फत गरिएको सहमति उल्लंघनका घटना र कानुनी प्रकृया तुरुन्त बन्द गर्न,पार्टीका प्रवक्ता,महासचिव लगायतका नेता कार्यकर्तामाथि जारी गरिएको पक्राउपूर्जी खारेज गर्न नेकपाले माग गरेको छ । जिल्ला सेक्रेटरी असल पन्दाकको नेतृत्वमा रहेको नेकपाको टोलीले प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । सेक्रेटरी पन्दाकद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा २०७७ साल फागुन २१ गते नेपाल सरकार र नेकपाबीच भएको सहमति कार्यान्वयन गर्न सरकार समक्ष माग गरिएको छ ।

ज्ञापनपत्रमा सरकारले तीनबुदें सहमति लागु गरेको अनुभूत दिलाउन सम्पूर्ण बन्दीहरुको रिहा र मुद्दाहरुको खारेजीको माग गरिएको छ । एमसिसी सम्झौतालाई राष्ट्रघाति भन्दै त्यसको खारेजीको माग समेत नेकपाले गरेको छ । ज्ञापन पत्रमा नेकपाले आफ्ना ४५ जना नेता तथा कार्यकर्ता जेलमा बन्दीको रुपमा रहेको दावी गरेको छ । नेपाल सरकार र आफ्नो पाटीबीच सहमति भएको १७ महिना सम्म पनि सहमति कार्यान्वयन नगरी सहमतिमा हस्तक्षर गर्ने नेकपाको नेतृत्व पक्षलाई नै साउन १६ गते पक्राउ पूर्जी जारी गर्ने कार्यबाट सहमति बिपरित भएको भन्दै यसलाई नेकपाले ‘गैर जिम्मेवारीपूर्ण’ भनेको छ ।

फोटो ः प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेकपा ताप्लेजुङका सेक्रेटरी असल पन्दाक ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts