पौडी खेल्ने क्रममा मृत्यु भएका मेहेलेका एक बालकको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा

ताप्लेजुङ,साउन ३१ । खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका ६ बर्षिय बालकको शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शव ताप्लेजुङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईएको हो । सोमवार स्थानीय पेसुवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मेहेलेका तेजबहादुर लिङ्देनका छोरा बिबेकको मृत्यु भएको थियो ।