खेवाङका पहिरो पीडितलाई १२ लाख रुपैंया बढी राहत रकम हस्तान्तरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २४ ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ७ खेवाङका पहिरो पीडित तथा प्रभावितलाई १२ लाख रुपैंया बढी रकम हस्तान्तरण गरिएको छ ।

काठमाडांै–खेवाङ हातेमालो समाजमार्फत भएको समन्वय र आवहानमा संकलित १२ लाख ११ हजार ४ सय ८६ रुपैंया पीडित तथा प्रभावित ४९ परिवारलाई बर्गिकरण गरेर हस्तान्तरण गरिएको खेवाङका वडाध्यक्ष बुद्धिप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पीडितलाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’, र ‘घ१’ गरी पाँच वर्गमा बर्गिकरण गरिएको थियो । ‘क’ वर्गको एक परिवारलाई ५१ हजार ४ सय ८६ रुपैंया प्रदान गरिएको छ । ‘ख’ वर्गका १३ परिवारलाई जनही ४५ हजार रुपैंयाका दरले ५ लाख ८५ हजार रुपैंया तथा ‘ग’ वर्गका १९ परिवारलाई जनही २० हजार रुपैंयाका दरले ३ लाख ८० हजार रुपैंया बितरण गरिएको छ । यस्तै ‘घ’ वर्गका १८ परिवारलाई जनही १० हजार रुपैंयाका दरले र ‘घ१’वर्गको एक परिवारलाई १५ हजार रुपैंया प्रदान गरिएको वडाध्यक्ष दाहालले जानकारी दिनुभयो । काठमाडांै–खेवाङ हातेमालो समाजका सहजकर्ता राजन तिवारी(लेनिन),वडाध्यक्ष दाहाल,काठमाडांै–खेवाङ हातेमालो समाज ताप्लेजुङका संयोजक नेत्र अधिकारी,खेवाङका वडा सचिव तारादेवी दाहाल,प्रहरी चौकी खेवाङका प्रहरी सहायक निरीक्षक राजकुमार निरौलाको उपस्थितिमा राहत रकम बितरण गरिएको हो ।

काठमाडांै–खेवाङ हातेमालो समाजको समन्वयमा अमेरिकामा रहनु भएका अर्जुन दाहाल,नारायण अधिकारी,बिरु गुरुङ र केशव दाहालको संयोजनमा ६ लाख २ हजार २ सय ५९ रुपैंया संकलन भएको थियो । यस्तै बेलायतमा रहनु भएका शेरबहादुर लिम्बू र श्रीप्रसाद लिम्बू(पिपले परिवार)को संयोजनमा २ लाख ४ हजार ४ सय ४९ रुपैंया,मलेसियामा रहनु भएका मनि लिम्बू र बुद्धिमान ताम्लिङ(उज्वल)को संयोजनमा २६ हजार ६ सय ६५ रुपैंया, जम्मुकास्मिर क्षेत्रमा भारतीय सेनामा कार्यरत रवीन ताम्लिङको संयोजनमा १५ हजार र हातेमालो समाजको संयोजनमा स्वदेश तथा बिदेशका बिभिन्न दाताबाट ३ लाख ६३ हजार १ सय २३ रुपैंया गरी उक्त रकम संकलन भएको थियो । गत असार पहिलो साता आएको बाढी र पहिरोले सिरिजङ्गा सहित बिभिन्न गाउँपालिकामा क्षति भएको थियो । खेवाङमा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते र दर्जनौं परिवार बिस्थापित,पीडत तथा प्रभावित भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts