|

दोभान उद्योग बाणिज्य संघमा काफ्ले अध्यक्ष रहेको सर्वसम्मत समिति चयन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २२ । फुङलिङ पछिको ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा ताप्लेजुङ उद्योग बाणिज्य संघको शाखा दोभान उद्योग बाणिज्य संघमा सर्वसम्मत रुपले नयाँ नेतृत्व चयन भएको छ ।

दोभान उद्योग बाणिज्य संघमा हरि काफ्ले अध्यक्ष रहेको ११ सदस्यीय कार्यकारणी समिति सर्वसम्मत रुपमा चयन भएको ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । संघको उपाध्यक्षमा रमा दाहाल पौडेल,सचिवमा लाक्पातेम्बा शेर्पा,सहसचिवमा प्रदीप पोखरेल,कोषाध्यक्षमा टंकप्रसाद खतिवडा र सहकोषाध्यक्षमा गंगाराम गुरागाँई चयन हुनु भएको छ । सदस्यहरुमा पर्शुराम गौतम,जंगबहादुर मास्वा लिम्बू,जीवन चोङ्वाङ लिम्बू,टीकामाया सुबेदी भट्टराई र सबिन श्रेष्ठ रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts