द्धन्दकालमा सेवाबाट बिस्थापित भएका ताप्लेजुङका ५ जना शिक्षकलाई पुर्नबहालीको पत्र

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २० । १० बर्षे सशस्त्र द्धन्दकालमा सेवाबाट बिस्थापित भएका ताप्लेजुङका ५ जना शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले पुर्नवहालीको पत्र दिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले यसपहिले जुन पालिकाबाट बिस्थापित भएका थिए,सोहि पालिकालाई बोधार्थ दिएर सम्वन्धित पालिकामा सम्पर्क गर्न भनेको छ । पुर्नबहालीको पत्र पाउनेमा माध्यमिक तहका १ र प्राथमिक(आधारभूत)तहका ४ जना शिक्षक रहनु भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । माध्यमिक तहका नन्दकुमार भण्डारीलाई मिक्वाखोला गाउँपालिका अन्तरगत पदस्थापनका लाागि सिफारिस गरिएको छ । यस्तै प्रावि तहका पदमबहादुर(प्रकाश) ऐङदेनलाई पनि मिक्वाखोला गाउँपालिका अन्तरगत पदस्थापनका लाागि सिफारिस गरिएको छ ।

प्रावि तहकै कमलप्रसाद मैनाली(कौशल)लाई आठराइ त्रिबेणी गाउँपालिका र दीपक भण्डारी र जगतबहादुर दाहाललाई सिरिजङ्गा गाउँपालिकामा पदस्थापनका लागि सम्वन्धित पालिकालाइ अनुरोधपत्र पठाइएको भट्टराईले जानकारी दिनुभयो । भण्डारी पेदाङबाट र दाहाल मामाङ्खेबाट बिस्थापनमा पर्नु भएको थियो । सम्भव भएसम्म सिफारिस गरिएकै स्थानमा पदस्थापनका लागि पालिकालाइ अनुरोध गरिएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जनाएको छ । सरकारले २०७८ साल फागुन १६ गते सशस्त्र द्धन्दका समयमा पेशाबाट बिस्थापन भएका स्थायी शिक्षकलाई पुर्नबहाली गर्ने निर्णय गर्दै द्धन्दकै कारण सेवाबिहिन बनेका शिक्षकहरुको नामावली प्रकाशित गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts