जिल्लाभित्रका समस्याको साझा रुपले समाधान खोज्न हरेक तीन–तीन महिनामा छलफल चलाउँदै ताप्लेजुङ जिसस

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १७ । जिल्ला समन्वय समिति ताप्लेजुङले समसायिक समस्या समाधानका उपाय खोज्न कम्तिमा हरेक तीन–तीन महिनामा सर्वदलिय/सर्बपक्षिय छलफल चलाउने भएको छ ।

मंगलवार यो अभियान सुरु गर्दै जिसस प्रमुख छिरिङ लामाले जिल्लामा देखिएका समसामयिक समस्या समाधानमा सर्वपक्षिय भूमिका खोज्न आफुले यस्तो योजना बनाएको बताउनु भएको छ ।‘जिल्लाका साझा समस्या र आवश्यकताको समाधान साझा रुपमै खोजौं र सबैले यसको अपनत्व लियौं भनेर यो प्रकृतिको छलफल प्रारम्भ गरिएको हो’जिसस प्रमुख लामाले भन्नुभयो । उहाँले जिससको अगुवाईमा सम्वन्धित सरोकारवालासंग कहिले संयुक्त र कहिले बेग्लाबेग्लै छलफल गर्ने गरी योजना बनेको समेत सुनाए । मंगलवारको बैठकले बिभिन्न सरकारी तथा सार्वजिनक निकायहरुमा करारमा कर्मचारी भर्ना भएगलत्तै कार्य सम्पादन सम्झौता गर्नुपर्ने र कार्य सम्पादन सम्झौता अनुसार प्राप्त नतिजाका आधारमा करार अवधि थप हुने या नहुने बिषयलाई आधार बनाउनुपर्ने निश्कर्ष निकालेको छ ।

ताप्लेजुङ जिल्ला अस्पतालबाट प्रवाह हुने सेवामा ढिलासुस्ती भइरहेको,सेवाग्राहीमैत्री सेवा प्रवाह हुन नसकेको जस्ता गुनासो समाधानका लागि जनशक्ति थप र व्यवस्थापन सहितका प्रकृया थाल्न बैठकले जिसस प्रमुख लामालाई बिशेष दायित्व सुिम्पएको छ । जिल्ला अस्पताल सहितका स्वास्थ्य संस्थामा देखिएका समस्या समाधान गर्न सर्बदलिय संयन्त्रले आवश्यक सहयोग गर्ने र जिसस प्रमुखले समस्या समाधानका लागि पहलकदमी लिने निर्णय भएको छ । शिक्षक दरबन्दी मिलानको एक बिशेष आधार आवश्यकता र औचित्यतालाई बनाउनुपर्ने निश्कर्ष समेत बैठकले निकालेको जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिमले जानकारी दिनुभयो ।

बैठकले अतिरिक्त क्रियाकलापलाई नियमित र प्रभावकारी बनाउन जिल्लाभरका सबै बिद्यालयहरुलाई आवहन र अनुरोध गरेको छ । समयमै पाठ्यपुस्तक र सन्दर्भ सामग्री नपाइने समस्या समाधानका लागि सम्वन्धित पक्षसंग नियमित समन्वय र छलफललाइ अघि बढाउने निर्णय समेत बैठकले गरेको छ । छलफलमा जिल्लाका क्रियाशिल राजनीतिक दलहरु,नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । जिल्लामा देखापर्ने हरेक समस्याहरुको शीघ्र र उचित तवरले समाधान खोज्ने बिकल्प स्वरुप जिल्ला समन्वय समितिको प्रमुखका नाताले आफुले पहलकदमी लिएको जिसस प्रमुख लामाले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts