|

म्युजिक भिडियो‘सोल्टिनी ज्यू’को लोर्कापण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १३ । हाङ अनलाइन टिभीको प्रस्तुति सुमन‘सानु’कुरुम्बाङले तयार पारेको म्युजिक भिडियो‘सोल्टिनी ज्यू’को लोर्कापण भएको छ । फुङलिङ नगरप्रमुख अमिर मादेनले म्युजिक भिडियो लोर्कापण गर्नु भएको छ ।

ब्रोसिस मावोहाङ लिम्बूको स्वर,शब्द र संगित रहेको गीतको म्युजिक भिडियोमा व्यवस्थापकको भूमिका मनिकुमार राईले निर्वाह गर्नु भएको छ । समिर मावो लिम्बू र श्रेया श्रेङचोङ्वाङ लिम्बूले म्युजिक भिडियोमा फिचरिङ(सुबिधा)को दायित्व लिनु भएको छ । भक्त पालुङ्वा,मन्दिरा वनेम लिम्बू,सविता पतङ्वा लिम्बू,रुबिना लिम्बू,सम्झना थेबे लिम्बू,सुशान्त मावो लिम्बू,रोहन नाल्वो लिम्बू र बिबेक याक्खा लिम्बू म्युजिक भिडियोमा नृत्यकारको भूमिकामा देखिनु भएको छ । साहित्यश्रष्टा लेकाली कान्छा‘मुकुम’को कथा रहेको म्युजिक भिडियोका बिषयको सम्पादन तथा निर्देशन सुमन‘सानु’कुरुम्बाङ आफैंले गर्नु भएको छ । सृजनशिल ब्युटी पार्लर फुङलिङले श्रृंगारको दायित्व निर्वाह गरेको छ । कौशिला चोङ्वाङ लिम्बूले उत्पादन गर्नु भएको म्युजिक भिडियोको संयोजन कुमार वनेम लिम्बूले गर्नु भएको छ ।

ओक्टेभ रेर्कडिङ स्टुडियो सिक्कीम नाम्चीले म्युजिक भिडियोमा छायाङ्कनको भूमिका निर्वाह गरेको छ । म्युजिक भिडियोका अधिकाँस दृश्य ताप्लेजुङ र यहाँका परिवेश सुहाउँदो छन् । गीतमा लिम्बू समुदायको साँस्कृतिक महत्व दर्शाउने धाननाच र पालमको पल्ला उघारिएको छ ।‘भेटै भयो, सोल्टिनी ज्यु,धानै पो नाँचौं की पालमै भनौं भेट भाको बेलैमा,माँया पो बस्ला हौ सोल्टिनी कान्छी ख्याल र ख्यालैमा’गीतमा शब्दहरु यसरी छरिँदा म्युजिक भिडियोमा कलाकारले त्यहिँ परिवेशको नृत्य प्रस्तुत गरिरहेको आभाष हुन्छ । प्रेमिल कथाबाट उठान भएको म्युजिक भिडियोमा लिम्बू साँस्कृतिक महत्व र बिशेषतालाइ अझ रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । धाननाच र पालम के हो भनेर बुझ्नलाई म्युजिक भिडियो काफी छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts