|

ताप्लेजुङका भण्डारी नेपाल लाइफका देशभरका अभिकर्तामध्ये उत्कृष्ट अठार भित्र

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १२ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभरका १ लाख ४० हजार अभिकर्तामध्ये यसबर्ष ताप्लेजुङका राजु भण्डारी १८ औं नम्बरमा पर्नु भएको ।

कर्मचारीको रुपमा निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमितसक्षम गई प्रवद्र्धन कार्यगर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बिमितसक्षम गई प्रवद्र्धन कार्य गर्ने अभिकर्तामध्ये भण्डारी देशभरमा १८ औं नम्बरमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङका प्रवन्धक हिमाल राईले जानकारी दिनुभयो । राईका अनुसार भण्डारी नेपाल लाइफका प्रदेश नम्बर १ भरीका अभिकर्तामा दोस्रो तथा अभिकर्ता र एजेन्सीमेनेजरतर्फ ताप्लेजुङ जिल्लामा पहिलो हुनु भएको छ । यो संगै भण्डारीले बीमा र बजार व्यवस्थापन अभियानका अन्तराष्ट्रिय प्रशिक्षक सोनु शर्मासंग दुईदिन तीनरातको आवासीय प्रशिक्षणको मौका पाउनु भएको छ ।

अभिकर्ताले बीमा कम्पनीको तर्फबाट प्रतिनिधीको रुपमा बीमा गराउन चाहने मानिसको सम्पर्कमा पुग्ने,बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बिमितलाई बीमासम्बन्धी आवश्यक सरसल्लाह दिने तथा दाबी भुक्तानीको समयमा बिमितको परिवारलाई आवश्यक सहयोग गर्ने कार्य गर्छन् । बीमा अभिकर्ताले प्रत्येक बीमालेख बिक्री गरेपश्चात बिमकको तर्फबाट सो बापत प्रचलित बीमा नियमावली बमोजिम तोकिएको दरमा कमिसन प्राप्त गर्छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts