ताप्लेजुङ जिल्ला अदालतमा न्यायाधीसको रुपमा पहिलो पटक महिला आउँदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ११ । ताप्लेजुङ जिल्ला अदालतले पहिलो पटक ‘महिला जिल्ला न्यायाधीस’पाउने भएको छ । न्याय परिषद्ले गरेको सरुवा सिफारिस अनुसार ताप्लेजुङ जिल्ला अदालतमा सुनसरी जिल्ला अदालतमा न्यायाधीस रहनु भएकी निर्मला योङ्या जिल्ला न्यायाधीसको रुपमा आउनु हुने छ । यहाँ कार्यरत जिल्ला न्यायाधीस प्रकाश राउतको बारा जिल्ला अदालतमा सरुवा भएको छ । बिक्रम् सम्वत् २०२१ साल देखि जिल्ला अदालत रहेको ताप्लेजुङमा अहिले सम्म जिल्ला न्यायाधीस महिला हुनुहुन्न थियो । जिल्ला अदालत सुरु हुँदा २०२१ सालमा शाखा अधिकृत सरहका पूर्णबहादुर श्रेष्ठले जिल्ला अदालतको न्यायक्षेत्र सम्हाल्नु भएको थियो । जिल्ला अदालत बन्नु भन्दा पहिले भने न्याय क्षेत्र ताप्लेजुङ अमिनीका रुपमा रहेको थियो । बिक्रम् सम्वत् १९५२ सालमा लप्टन पूर्णबहादुर क्षेत्रीले ताप्लेजुङ अमिनीको नेतृत्व गरेको इतिहाँस रहेको छ ।
‘बिबादरहित छबि बनाएर जाँदै न्यायाधीस राउत’
न्याय क्षेत्र आफैंमा बिबादरहित कार्य सम्पादन गनुपर्ने निकाय हो । तर केहि बिबादास्पद निर्णय र प्रकृयाका कारण न्यायक्षेत्र समेत बिबादको घेरामा परेका उदाहरण प्रसस्त छन् । ताप्लेजुङ जिल्ला अदालतको न्यायाधीस बनेर कार्य सम्पादन गरेको करिव तीन बर्षको कार्यकालमा जिल्ला न्यायाधीस राउत बिबादरहित बन्नुभयो ।

न्याय कार्य सम्पादन बाहेक जिल्ला न्यायाधीसको नाताले २०७९ सालको स्थानीय तहको निर्वाचनमा उहाँ मुख्य निर्वाचनको अधिकृतको भूमिकामा रहनु भएको थियो । नौ स्थानीय तह रहेको ताप्लेजुङको मुख्य निर्वाचन अधिकृतको रुपमा राउतले सफल र बिबादरिहत कार्य सम्पादन गर्ने व्यक्तिको छबि बनाउनुभयो । नम्र स्वभाव तर निर्णय प्रकृयामा न्यायिक प्रावधान भन्दा बाहिर नजाने उहाँ समन्वयकारी भूमिकामा रहनु भएको थियो । ‘श्रीमानको भूमिका अभिभावककै रुपमा रहयो’बारा जिल्ला अदालत सरुवा हुनु भएका जिल्ला न्यायधीस राउतको कार्य समिक्षा गर्दै अधिबक्ता बलराम भट्टराईले भन्नुभयो
सशस्त्र डिएसपीमा थापा
सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरको गुल्मपतिमा सशस्त्र डिएसपी बिनोद थापा आउनु हुने भएको छ । यसअघि गुल्मपति रहनु भएका रोशन बुढाथोकी शसस्त्र प्रहरीको एसपीमा बढुवा भएर यहाँबाट सरुवा भएपछि खाली रहेको गुल्मपतिमा थापा आउन लाग्नु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts