|

लाखेजात्रा सञ्चालन समितिको कोषमा झण्डै सात लाख रुपैंया बचत !

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ९ । लाखेजात्रा सञ्चालन समितिले तेस्रो गोल्डकप सञ्चालनको साढे तीन लाख बढी दायित्व समेत भुक्तानी गरेर चौथो संस्करण पछि करिव सातलाख रकम बचत गर्न सकेको जनाएको छ ।

सोमवार पत्रकार सम्मेलनमार्फत चौथो पाथीभरा गोल्डकप सञ्चालनको खर्च बिबरण सार्वजनिक गर्दै लाखेजात्रा सञ्चालन समितिले ६ लाख ९७ हजार ९ सय ३९ रुपैंया बचत भएको बिबरण सार्वजनिक गरेको हो । सञ्चालन समिति कोषाध्यक्ष बीरबहादुर मोक्तानले तेस्रो गोल्डकप सञ्चालनको बाँकी बक्यौता वापत ३ लाख ५४ हजार ५ सय रुपैंया भुक्तानी गरिएको जानकारी दिनुभयो । मोक्तानले चौथो गोल्डकप सञ्चालन पछि ११ लाख ३२ हजार ४ सय ३९ रुपैंया बचत भएकोमा तेस्रो गोल्डकप सञ्चालनको बाँकी बक्यौता भुक्तानी र अन्य बिविध खर्च समेत गरी करिव सातलाख रकम बचत भएको खर्च बिबरण सार्वजनिक गर्नुभयो । खेल सञ्चालन सहयोग प्रकृयामा अपेक्षाकृत केहि रकम उठ्ने बिश्वास गरिएको र केहि रकम दायित्वको रुपमा रहेको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

चौथो पाथीभरा गोल्डकप सञ्चालनको दौरानमा ५१ लाख ३२ हजार १ सय ९५ रुपैंया आय रकम रहेको र ३९ लाख ९९ हजार ७ सय ५६ रुपैंया खर्च भएको मोक्तानले जनाउनु भएको छ । कूल आम्दानीबाटै फुटकर खर्च र तेस्रो संस्करणको पाथीभरा गोल्डकप समेतको दायित्व भुक्तानी पछि बाँकी रहेको रकम आम्दानी बाँधिएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । खेलस्थल भानुजन माध्यमिक बिद्यालयको मञ्च व्यवस्थापन सहितका कार्यगर्दा तेस्रो संस्करणको पाथीभरा गोल्डकपको दायित्व पछिल्लो आवका लागि सरी आएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

समिति अध्यक्ष नारायण थापाले खेल सम्पन्न भएको केहि समय भित्रै खर्च बिबरण सार्वजनिक गर्ने तयारी भएपनि दाताले बोलेको रकम संकलन,त्यसपछि देखिएको कोभिड सन्त्रास सहितका बिबिध कारणले खर्च बिबरण सार्वजनिक गर्न ढिलाई भएको बताउनुभयो ।‘यो ढिलाई प्रति हामी क्षमा याचना गर्छौं’उहाँले भन्नुभयो‘दाताहरुको कवोल गरेको रकमको पखाईले समेत भनेको समयमा खर्च बिबरण सार्वजनिक गर्न सकेनौं’ । उहाँले खर्च बिबरण सार्वजनिक गर्न भएको ढिलाई प्रति याचना गर्दै यसो हुनुमा बिबिध प्राविधिक समेतले काम गरेको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts