| |

हाङ्देवामा श्रीमान गरे आफ्नै श्रीमतीको हत्या

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ६ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । फुङ्लिङ नगरपालिका–९ हाङ्देवा गाइगुडेका ५६ वर्षीय बलबहादुर साँबाले आफ्नी श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्बूको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार शुक्रबार (आज) करिव ५ बजेतिर साँबाले कुटपिट गरी श्रीमतीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार घरायसी विवाद हुँदा साँबाले श्रीमतीमाथि अन्धाधुन्द कुटपिट गरेका थिए । कुटपिटकै क्रममा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घटनाको मुचुल्का (विवरण) सङ्कलन गरी सव उठाएर सदरमुकाम फुङ्लिङ ल्याइएको छ । शुक्रबार राति करिव ८ः३० बजेतिर सव सदरमुकाम ल्याई पु¥याएर जिल्ला अस्पतालको सव-गृहमा राखिएको छ । यता घटनामा संलग्न साँबालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सवको पोष्टमार्टम लगायत घटनाको थप अनुसन्धान शनिबारदेखि सुरु हुने पनि प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts