| |

साब्लाखु स्वास्थ्य चौकीमा कुपोषण उपचार सेवा सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार ३२।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कुपोषण उपचार सेवा सुरु भएको छ । सिदिङ्वा गाउँपालिका केन्द्र साब्लाखुस्थित साब्लाखु स्वास्थ्य चौकीमा बहिरङ्ग सेवा केन्द्र स्थापनासँगै बिहीबारदेखि कुपोषण उपचार सेवा सुरु गरिएको हो ।
साब्लाखु स्वास्थ्य चौकीमा बहिरङ्ग सेवा केन्द्रको स्थापनासँगै कुपोषण भएका बालबालिकाको उपचार सुरु भएको सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामअवतार यादवले बताउनुभयो । यादवका अनुसार बहिरङ्ग सेवा केन्द्रको शुभारम्भ भएकै दिन एकजना कुपोषित बालकको उपचार गरिएको छ ।
बहिरङ्ग सेवा केन्द्रमार्फत करिव पाँच वर्ष अर्थात छ देखि ५९ महिना सम्मका कुपोषण भएका बालबालिकाको उपचार गरिने यादवले बताउनुभयो । उहाँका अनुसार दुईखाले कडा शिघ्र कुपोषित र कडा मध्यम कुपोषित बालबालिकाको उपचार हुने भएको छ ।
साब्लाखु स्वास्थ्य चौकीमा स्थापना गरिएको बहिरङ्ग सेवा केन्द्रको शुभारम्भ (उद्घाटन) भने गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले गर्नुभएको हो । केन्द्रको शुभारम्भ गर्दै उपाध्यक्ष कडरियाले कुपोषण भएको बालबालिकाको आफ्नै गाउँमा उपचार सेवा पाउनु सिदिङ्वाबासीका लागि ठूलो राहत मिलेको बताउनुभयो ।
कार्यक्रममा सिदिङ्वा गाउँपालिका ४ साब्लाखुका वडाध्यक्ष पूर्णकुमार लिम्बूले पनि केन्द्र स्थापनाले कुपोषित बालबालिकाको उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । वडाध्यक्ष लिम्बूले कोही कसैको परिवारमा कुपोषणको समस्या भए स्वास्थ्य चौकीमा आएर उपचार सेवा लिनका लागि वडाबासीमा आह्वान गर्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts