ताप्लेजुङको सिरिजंगा गाउँपालिका सहित देशभरका तीन स्थानीय तहको बेरुजु शुन्य

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३० । ताप्लेजुङको सिरिजंगा गाउँपालिका शुन्य बेरुजु(बेरुजु नभएको)हुने देशभरका तीन पालिकामध्येमा परेको छ ।
प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपुु¥याई कारोबार गरेको,राख्नुपर्ने लेखा नराखेको, बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ । महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा शून्य बेरुजु हुनेमा सिरिजंगा परेको हो । यस्तै प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिका समेत शुन्य बेरुजु हुने पालिकाको सूचीमा रहेका छन् । आर्थिक बर्ष २०७६।०७७ मा पनि सिरिजंगा देशभरका गाउँपालिका भित्र बेरुजु कम हुनेमा पहिलो र स्थानीय तहमा दोस्रो बनेको थियो । उतिबेला झापाको शिवसतासी नगरपालिका बेरुजु कम हुने देशभरका स्थानीय तहमा पहिलो नम्बर थियो भने सिरिजंगा दोस्रो थियो । उतिबेला देशभरका ४ सय ६० वटा गाउँपालिकातर्फ भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका पहिलो र पाथीभरा याङ्वरक गाउँपालिका दोस्रो भएका थिए ।

कूल बेरुजु अंकलाइ लेखा परीक्षण गरिएको अंकले भाग गरी सयले गुणन गर्दा अहिले काम रहेको बेरुजु प्रतिशत आउँछ । स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम बेरुजु हुने ५ सय ३३ स्थानीय तह रहेका छन् । पाँचदेखि १५ प्रतिशतसम्म बेरुजु हुने १९३ स्थानीय तह रहेका छन् भने १५ प्रतिशतभन्दा बढी बेरुजु हुनेमा १८ स्थानीय तह छन् । सबैभन्दा बढी बेरुजु महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा (२३.८९ प्रतिशत) देखिएको छ । लेखापरीक्षणको अंकको तुलनामा स्थानीय तहतर्फ ४.१८ प्रतिशत बेरुजु कायम भएको मलेपको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ । महालेखाले ७ सय ५३ मध्ये ७ सय ४४ वटा स्थानीय तहको रू ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाखको लेखापरीक्षण गरेको थियो । मधेश प्रदेशका आठ र कर्णाली प्रदेशको एकसहित ९ स्थानीय तहको लेखापरीक्षण गर्न बाँकी रहेको मलेप प्रतिबेदनमा उल्लेख गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts