ताप्लेजुङको फुङलिङमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २५ । ताप्लेजुङको फुङलिङमा सञ्चालित १५ दिने आधारभूत पत्रकारिता तालिम शनिवार सकिएको छ ।

घरेलु कार्यालय ताप्लेजुङको आर्थिक साझेदारीमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) ताप्लेजुङले तालिमको आयोजना गरेको थियो । फोनिजका जिल्ला अध्यक्ष दिनेश लिङखिमले तालिममा आधारभूत पत्रकारिता र पत्रकारिताको माध्यमबाट लघु उद्यमको प्रवद्र्धन तथा विकासका आयामबारे प्रशिक्षार्थीलाइ जानकारी गराइएको बताउनुभयो । तालिम समापन समारोहमा बोल्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले पत्रकारिता क्षेत्रको प्रवद्र्धन र संस्थागत क्षमता विकासका लागि नगरपालिका तयार रहेको बताउनुभयो ।‘समाजलाइ सहि सूचना र सूचनाका माध्यमबाट समाज परिर्वतनको दिसामा आम सञ्चारसंस्था र सञ्चारकर्मीहरुबाट प्राप्त योगदान अमूल्य छ’नगरप्रमुख मादेनले भन्नुभयो । उहाँले नगरपालिका सञ्चार संस्था र सञ्चारकर्मीहरुसंग सहकार्य गरेर अघि बढ्न तयार रहेकोमा जोड दिनुभयो ।

घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले तालिमका सहभागीप्रति इगिंत गर्दै उद्यम विकास,उद्यम सृजना,उद्यम र उद्यमीहरुका समस्याको पहिचान र समाधानका उपाय खोजी गर्न आधारभूत तहको ज्ञान सीप प्राप्त भएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्र र उद्यम र उद्यमीलाइ जोड्ने पुलको रुपमा रहेर उद्यम सृजनामार्फत आत्मनिर्भरताको आधार तयार हुने भएकाले आफुहरुले तालिम आयोजनाका लागि फोनिजसंग आर्थिक साझेदारी गरेको बताउनु भयो । तालिम समापन समारोहमा फोनिजका केन्द्रीय लेखा आयोग संयोजक चन्द्रबहादुर पन्दाक ‘प्रयास’,गायक तथा इञ्जिनियर वीरेन्द्र श्रेष्ठ,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम,पूर्व अध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक खगेन्द्र अधिकारी,पत्रकार महासंघ प्रदेश १ का सदस्य तथा फोनिजका पूर्व केन्द्रीय सदस्य माला पालुङ्वा,नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका जिल्ला अध्यक्ष राजेन्द्र भारती तथा प्रशिक्षार्थीकातर्फबाट सुमन कुरुम्बाङ लिम्बू र शर्मिला शेर्पाले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका उपाध्यक्ष गंगा लिङखिम,फोनिजका १ नं प्रदेश समिति सदस्य तथा पत्रकार महासंघ ताप्लेजुङका सहसचिव बसन्त पालुङ्वा,रेडियो ताप्लेजुङका स्टेशन म्यानेजर देवराज गुरुङ,घरेलु महासंघका जिल्ला सचिव हर्कराज गुरुङ सहितको उपस्थिति रहेको फोनिजका जिल्ला सचिव कृष्ण फुरुम्बो लिम्बूले जानकारी दिनुभयो । फोनिजका जिल्ला उपाध्यक्ष तेञ्जिङ पाङ्कर्मा शेर्पाले उपस्थित सबैलाइ स्वागत गर्दै तालिमका सहभागीलाई सीप उपयोगिताका लागि शुभकामना दिनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts