|

सनराइज बैंकद्धारा बिपद् पीडित परिवार र सामाजिक कार्यमा प्रयोग हुने त्रिपाल हस्तान्तरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २५ । सनराइज बैंक लिमिटेडले ताप्लेजुङका बिपद् पीडित परिवार र सामाजिक कार्यमा प्रयोग हुने गरी २० थान ठूलो साइजको त्रिपाल जिल्ला समन्वय समितिलाइ हस्तान्तरण गरेको छ ।

सनराइज बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखा प्रवन्धक अनिल श्रेष्ठले जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामालाई त्रिपाल हस्तान्तरण गर्नुभयो । सामाजिक उत्तरदायित्व अन्र्तगत बिपद् पीडित परिवार र अत्यावश्यक सामाजिक कार्यमा प्रयोग गर्न मिल्ने प्रकृतिका त्रिपाल हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । जिसस प्रमुख लामाले प्राप्त त्रिपाल समन्वय समितिको जिन्सी शाखामा आम्दानी बाँधेर राख्ने र बिपद्का समयमा जिल्ला बिपद् व्यवस्थापन समिति र रेडक्रस सहितका सामाजिक निकायसंग समन्वय गरेर पीडित परिवारलाई बितरण गरिने जानकारी दिनुभयो ।

सनराइज बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट ’क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना २०६४ भएको हो । सुरुमा ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटीमा स्थापना भएको सनराइज बैङ्कको शाखा फुङलिङमा भने २०७६ साल पुस ९ गते स्थापना भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts