|

सेञ्चुरी बैंकको ताप्लेजुङस्थित फुङलिङ शाखाले भानुजन माविलाइ दियो ३० थान डस्बिन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २७ । सेञ्चुरी कर्मशियल बैंकको ताप्लेजुङस्थित फुङलिङ शाखाले शुक्रवार सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक बिद्यालयलाइ ३० थान फोहोर राख्ने भाँडा(डस्बिन) प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो सहयोग गरेको सेञ्चुरी कर्मशियल बैंक ताप्लेजुङ फुङलिङ शाखाका प्रवन्धक बिष्णुबिक्रम खड्काले जानकारी दिनुभयो । खड्काले भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईलाइ डस्बिन हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा भानुजन माविका प्रअ राईले बिद्यालयले मसिना र अस्थायी प्रकृतिका डस्बिनहरु प्रयोग गर्दै आइरहेकोमा प्राप्त डस्बिनहरुमार्फत फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । राईले आफुहरुले पानी राख्न नमिल्ने(चुहिने)भाँडा,रंगरोकनका सकिएको बचेका भाँडाहरुलाइ डस्बिनको रुपमा प्रयोग गर्ने गरेको विगतको अनुुभव सुनाउनुभयो । सामुदायिक बिद्यालय भानुजन सरकारले घोषणा गरेका नमूना भित्र पर्छ ।

ताप्लेजुङको फुङलिङ र मिक्वाखोला गाउँपालिकाको केन्द्र (थलङ) साँवामा सेञ्चुरी कर्मशियल बैंकका शाखाहरु रहेका छन् । बैंकका शाखा प्रवन्धक खड्काले बित्तीय समस्याको सहजीकरणका लागि आफुहरु सदैव तयार रहेको बताउनुभयो । आफुहरुले सहज,सरल र सेवाग्राहीमैत्री बित्तीय कारोवारलाइ प्राथमिकता दिइरहेको उनको भनाइ थियो । सेन्चुरी बैंक लिमिटेड नेपालको एक व्यावसायिक वाणिज्य बैंक हो । यो नेपाल राष्ट्र बैंकबाट ’क’ वर्गको इजाजत प्राप्त बैंक हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts