विश्व वातावरण दिवसको अवसरमा तमोर ईङलिस बोर्डिङ स्कुलद्धारा मन्दिर क्षेत्रमा सफाइ र वृक्षरोपण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ३ हेलिप्याडमा रहेको तमोर ईङलिस बोर्डिङ स्कुलले सानो पाथीभरा मन्दिर क्षेत्रमा वृक्षरोपणको साथै सरसफाइ गरेको छ ।

दिवसका अवसरमा मन्दिर परिसरमा रुद्राक्ष,सल्ला र नीम लगायतका बिरुवा रोपण गरिएको प्रिन्सिपल तरुण भारतीले जानकारी दिनुभयो । तमोर ईङलिस बोर्डिङ स्कुल जिल्लाकै एक मात्र इ–डिजिटल स्कुल हो । ।‘पृथ्वीको संरक्षण,दीगो प्रकृतिमैत्री जीवनयापन’भन्ने नारा सहित आइतवार विश्व वातावरण दिवस मनाइएको हो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts