पाथीभरा याङवरकमा प्रत्येक साता आइतवार साविक झैं कार्यालय खुल्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २१ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले साताको आइतवार पनि बिदा हुने संघीय सरकारको निर्णय नमान्ने भएको छ ।

कार्यपालिकाको बैठकले आइतवार देखि शुक्रवार सम्म नियमित रुपमा पालिका भित्रका सम्पूर्ण सार्वजनिक निकाय सञ्चालन हुने निर्णय गरेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले सार्वजनिक बिदाका दिन देखि बाहेक पालिका भित्रका वडा कार्यालय,स्वास्थ्य संस्था,शिक्षण संस्था सहितका सबै सार्वजनिक निकाय साविक झैं आइतबार देखि शुक्रवार सम्म नियमित रुपमा सञ्चालन हुने कार्यपालिकाको निर्णय रहेको जनाउनु भएको छ । यसअघि फुङलिङ नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका शिक्षण संस्था मात्र आइतवार पनि सञ्चालन हुने र अन्य निकायमा भने बिदा लागु हुने आशयको सूचना प्रकाशित गरेपछि सामाजिक सञ्जालमा त्यसको अर्को आलोचना भइरहेको छ ।

सार्वजनिक बिदा बाहेक आइतवारको बिदा लागु नहुने निर्णय नगरक्षेत्रका सबै सार्वजनिक निकायमा लागु हुनुपर्ने,अन्यथा यसले बिदामा बिभेद हुने भन्दै आइतवार शिक्षण संस्थामात्र सञ्चालन हुने नगरपालिकाको निर्णय बिरुद्ध सामाजिक सञ्जालमा प्रतिक्रयाहरु आइरहेका छन् । गत जेठ १ गते देखि सरकारले सार्वजनिक निकायहरुमा परीक्षणका रुपमा साताको दुईदिन शनिवार र आइतवार बिदा दिने निर्णय गरी गत बैशाख २६ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts