ताप्लेजुङमा बिहीबार देखि पन्ध्रदिने रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु

ताप्लेजुङ,जेठ १९ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबारबाट १५ दिने रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले पत्रकारिता क्षेत्रलाइ व्यवस्थित र प्रभावकारी बनाउने प्रयासमा स्थानीय तहकोतर्फबाट फुङलिङ नगरपालिकाले यथेष्ट सहयोग गर्ने बताउनुभयो । आम सञ्चारसंस्था र सञ्चारकर्मीहरुको प्रवद्र्धन र विकासको निम्ति आफुहरु तयार गरेको पनि उहाँको भनाइ थियो । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले दुर्गम र पहाडी क्षेत्रहरुमा समेत पत्रकारिता क्षेत्रमा भइरहेको संख्यात्मक बृद्धिलाइ गुणात्मक तवरले विकास गर्न तीनै तहका सरकारले उल्लेख्य पहलकदमी लिनुपर्ने बताउनुभयो । स्थानीय तह आम सञ्चार संस्था तथा सञ्चारकर्मीहरुको बृत्ति विकासमा लागि सञ्चारकर्मीहरुसंग सहयात्रा गर्न तयार रहेको उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सञ्चारकर्मीहरुको पेशागत दैनिकी प्रभावकारी र सचेतपूर्ण हुने बताउनुभयो । राष्ट्र र जनतामा सत्य,तथ्य,खोजमुलक र बिश्लेषणात्मक सूचना पु¥याउने जिम्मेवारी सञ्चारकर्मीको हुने भएकोले उसले लिएको जिम्मेवारी राष्ट र राष्ट्रियताप्रति सर्मपित,तथ्य र पुष्टीमा आधारित तथा सामाजिक उत्तरदायित्व सहितको हुनुपर्ने प्रजिअ पोखरेलको भनाइ थियो । ईञ्जिनीयर तथा गायक वीरेन्द्र श्रेष्ठले पत्रकारिता क्षेत्र समाजको ऐना भएकोले सञ्चारकर्मीहरुको भूमिका जहिल्यै पनि तटस्थ,सकारात्मक र सहि सूचना दिनमा उद्यत रहनुपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मीको सक्रियता र प्रभावकारिताले पनि यो क्षेत्रलाइ फराकिलो बनाउन भूमिका निर्वाह गर्ने भन्दै व्यवसायिक दक्षता सहितको पत्रकारिता अबको आवश्यकताको रुपम रहेको औंल्याउनुभयो ।

तालिम उद्घाटन समारोहमा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,प्रेस सेन्टरका केन्द्रीय सदस्य चन्द्रबहादुर पन्दाक‘प्रयास’,समाजवादी प्रेश संगठनका केन्द्रीय सदस्य अम्बिका हाङ्वाङ लगायतल पत्रकारिता क्षेत्र र पेशागत जीवनको आफ्नो अनुभव बताउनु भएको थियो । कार्यक्रममा लिम्बू पत्रकार संघका जिल्ला अध्यक्ष कृष्ण फुरुम्बो लिम्बू लगायतको उपस्थिति रहेको थियो । ताप्लेजुङमा नयाँ रेडियो स्थापना सहितको लक्ष्य राखेर नेपाली मिडिया नेटवर्कले तालिमको आयोजना गरेको तालिम संयोजक एलिना दियालीले जानकारी दिनुभयो । तालिममा ३२ जना सहभागी भएको समेत उहाँले बताउनुभयो । कार्यक्रम नेपाली मिडिया नेटवर्कका संस्थापक सदस्य राजकुमार गुरुङको अध्यक्षतामा भएको थियो ।

Similar Posts