गणतन्त्र दिवसको अवसरमा फुनपाद्धारा वीरेन्द्रचौकमा दीप प्रज्वलन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १५ । १५ औं गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिकाले बीरेन्द्रचौकमा दीप प्रज्वलन गरेको छ । नगरप्रमुख अमिर मादेनले दीप प्रज्वलन कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल सहितको उपस्थितिमा दीप प्रज्वलन गरिएको नगरपालिकाका कर्मचारी भोलानाथ सिग्देलले जानकारी दिए । दीप प्रज्वलन कार्यक्रमपछि आयोजित सभालाइ सम्बोधन गर्दै फुङलिङ नगरप्रमुख मादेनले सारभूत रुपमा गणतन्त्रको मर्म भनेकै जनताप्रति उत्तरदायिपूर्ण शासन व्यवस्था भएको भन्दै यसप्रति जनप्रतिनिधि र देशका राजनीतिक दलले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङले गणतन्त्र प्राप्तिको नेपालको राजनीतिक परिवर्तनसंग मात्र नजोडिएको बताउँदै देश बदल्ने शासन व्यवस्था भएकोले यसको संस्थागत विकासप्रति लाग्नु सबैको अपरिहार्य कर्तव्य हुनेमा जोड दिनुभयो । कार्यक्रममा निर्वाचित अन्य जनप्रतिनिधि,प्याब्सनका जिल्ला अध्यक्ष गणेश सिग्देल,पूर्व केन्द्रीय सदस्य युवराज गिरी,पूर्व जिल्ला अध्यक्ष इन्द्रकुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो । दीप प्रज्वलन अघि शहीदको सम्झनामा एकमिनेट मौन धारण समेत गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts