सफा हिमाल अभियान अन्र्तगत नेपाली सेनाद्धारा कञ्चनजंघाबाट १५ हजार किलो बढी फोहोर संकलन,३ हजार किलो फक्ताङ्लुङमै व्यवस्थापन गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १३ । सफा हिमाल अभियान अन्र्तगत नेपाली सेनाले कञ्चनजंघा हिमालको आधार शिविर तथा माथिल्लो शिविरबाट संकलन गरेको करिव साढे १५ क्विन्टल फोहोर व्यवस्थापनको प्रकृया आरम्भ भएको छ ।

कूल १५ हजार ३ सय ७३ किलोग्राम फोहोरमध्ये स्थानीय स्तरमै व्यवस्थापन गर्न मिल्ने (सड्ने र कुहिने) ३ हजार १७ किलोग्राम फोहोर फक्ताङलुङ गाउँपालिकाबाट व्यवस्थापन गरिने भएको छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लाबुङको उपस्थितिमा सफा हिमाल अभियान टोली,कञ्चननजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्÷कार्यालयका प्रतिनिधि,स्थानीय प्रहरी इकाईका प्रतिनिधि र सफा हिमाल अभियानमा सहभागी जनशक्तिका प्रतिनिधिको उपस्थितिमा व्यवस्थापन प्रकृयाका बारेमा सहमति जुटेको हो ।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष लिम्बूले मानव अस्थि पञ्जर सहित जैविक तवरले स्थानीय स्तरमै व्यवस्थापन गर्न मिल्ने र अन्यत्र लैजानुपर्नेको प्रकृतिका फोहोर रहेकोले तत्तत् निकायबाट व्यवस्थापन हुने गरी प्रकृया आरम्भ भएको जानकारी दिनुभयो । अभियान अन्र्तगत क्याम्पिङ लिडर रहनु भएका नेपाली सेनाका सेनानी समिरबहादुर बस्नेतका अनुसार जैविक रुपमा स्थानीय स्तरमै व्यवस्थापन गर्न नमिल्ने (नसड्ने र नकुहिने) १२ हजार ३ सय ५६ किलोग्राम फोहोरको व्यवस्थापनका लागि अवनी भेञ्जर प्रालि काठमाण्डौमा पठाइने बताउनुभयो । उहाँका अनुसार कञ्चनजंघा आधार शिविरमा रहेको पहिचान नखुलेको २ वटा मानव अस्थिपञ्जर भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बुझाइने छ ।


सफा हिमाल अभियान अन्र्तगत बेस क्याम्प म्यानेजरको रुपमा खटिनु भएका नेपाली सेनाका सेनानी मुरारी सापकोटाले बेसक्याम,एड्भान्स बेसक्याम्प,क्याम्प १,२,३,४ र ५ बाट उक्त फोहोरहरु संकलन भएको जानकारी दिनुभयो । संकलित फोहोर व्यवस्थापन प्रकृयाका सम्वन्धी आधारपत्रमा फक्ताङलुङ गाउँपालिका अध्यक्ष लाबुङ,सफा हिमाल अभियानका लागि नेपाली सेनाका क्याम्पिङ लिडर सेनानी बस्नेत,बेस क्याम्प म्यानेजरको रुपमा खटिएका सेनानी सापकोटा, कञ्चननजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् प्रतिनिधि अमिर लिम्बू,फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा रहेको प्रहरी इकाईका प्रहरी सहायक निरीक्षक बिछुलाल राजबंशी र पिक प्रोमोसन प्रालिबाट खटिएका शेर्पा सरदार फुर्वा शेर्पाले हस्ताक्षर गर्नुभएको छ ।

ताप्लेजुङस्थित भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठका अनुसार सफा हिमाल अभियान अन्र्तगत नेपाली सेनाकातर्फबाट राजदल गणमा कार्यरत सहसेनानी राजु श्रेष्ठ र सैनिक उच्च शिखर शिक्षालयमा कार्यरत अमित थापाले ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको सफल आरोहण गर्नु भएको थियो । यस्तै शेर्पाहरुकोतर्फबाट सोलुखुम्बु कुरिमाका छिरिङजाङ्वु शेर्पा,खुुम्जुङका निमाछिरिङ शेर्पा,सोताङका छेवाङ शेर्पा र संखुवासभाका फुर्वा शेर्पाले सफाइ अभियानका क्रममा हिमालको आरोहण गर्नु भएको थियो ।
नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२२’ अन्तर्गत कञ्चनजंघा सहितका ४ वटा हिमालबाट ३० हजार ३ सय ४४ किलोग्राम फोहोर संकलन गरेको थियो । सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, कञ्चनजंघा ल्होत्से, र मनास्लु हिमालबाट उक्त मात्रामा फोहोर संकलन गरेको हो ।
फोटो ः सड्ने र कुहिने प्रकृतिको फोहोर व्यवस्थापनको जिम्मा फक्ताङलुङ गाउँपालिकालाइ जिम्मा लगाउँदै सफा हिमाल अभियानमा रहेको नेपाली सेनाको टोली ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts