समन्वय प्रमुखका आकाँक्षी शेर्पा फक्ताङलुङबाट कार्यपालिका सदस्य चयन,अर्का आकाँक्षी शंकर चुनावी मैदानमा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १० । ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखको चर्चामा रहेका माओवादी केन्द्रका युवा नेता मिङ्माडण्डु शेर्पा फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ ।

उहाँ माओवादी केन्द्रबाट कार्यपालिका सदस्य चुनिँदा दलित वा अल्पसंख्यकबाट फक्ताङलुङ गाउँ कार्यपालिकामा जाने दुइ पदमा नेपाली काँग्रेसका सेराप शेर्पा समेत निर्विरोध रुपमा कार्यपालिका सदस्य बन्नु भएको छ । कार्यपालिका सदस्य स्वतः नगर वा गाउँसभा सदस्य समेत हुने ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतले जानकारी दिनुभयो । यसो भएमा शेर्पालाइ जिल्ला समन्वय समितिमा उम्मेदवारी दिन बाटो खुल्ने छ । नेपालको संबिधान २०७२ को धारा २२० को उपधारा (४) अनुसार सम्वन्धित जिल्ला भित्रको गाउँसभा वा नगरसभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख,उपप्रमुख वा सदस्यको उम्मेदवार बन्न योग्य हुने छ र जिल्ला समन्वय समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँ वा नगरसभा सदस्य पद स्वतःरिक्त हुने छ भनी लेखिएको छ ।

समन्वय समितिको प्रमुखका लागि माओवादी केन्द्रकै गंगाराम शंकर पनि आकाँक्षी हुनुहुन्छ । शंकरले फुङलिङ नगर कार्यपालिका सदस्यका लागि उम्मेदवारी दिनु भएको छ । बुधवार फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि निर्वाचन हुने कार्यतालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरिसकेको छ । नगर कार्यपालिका निर्वाचनका लागि ५७ मतदाता रहेका छन् । जसमा एमालेको २४,काँग्रेसको २२,माओवादी केन्द्रको १० र नेकपा एसको १ मत रहेको छ । गठबन्धन दलको बहुमत यताउता नभए शंकर सहित कार्यपालिका सदस्यमा गठबन्धन पक्षले नतिजा आफ्नो पक्षमा पार्ने अवस्था छ ।

निर्विरोध रुपमा कार्यपालिका सदस्य चुनिएका मिङमाडण्डु र सेरापका साथ फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाको वडाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका छेतेन लामा शेर्पा(बीचमा)

अरुलाई पनि शेयर गरौ !

Similar Posts