गठबन्धनका उम्मेदवारलाइ हराउँदै ताप्लेजुङको आठराइ त्रिबेणी अध्यक्ष उपाध्यक्षमा एमालेका उम्मेदवार बिजयी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २ । गठबन्धनका उम्मेदवारलाइ हराउँदै ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा नेकपा एमालेले बिजय प्राप्त गरेको छ ।

एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै पद सहित बहुमत वडामा बिजयी प्राप्त गरेको हो । एमालेका जिल्ला उपसचिव समेत रहनु भएका दीपेन पोमू ३ हजार ३६ मतका साथ बिजयी हुनुभएको छ । उहाँले निवर्तनमा गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेस गाउँसभापति बिश्वनाथ सिटौलालाइ ५ सय १० मतान्तरले पराजित गर्नुभयो । उता पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर पालिका उपाध्यक्षको चुनाव लड्नु भएकी शान्ता आङ्बुहाङ उपाध्यक्षमा बिजयी हुनु भएको छ । उहाँ २ हजार ८ सय १९ मतका साथ बिजयी हुनु भएको छ । उहाँले गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार प्रजिन हाङ्वाङलाइ पराजित गर्नुभयो । यो सहित यहाँका ५ पालिकाको परिमाण सार्वजनिक हुँदा एमालेले ताप्लेजुङमा पहिलो खाता खोलेको छ । यसअघि नेपाली काँग्रेस र माओवादी केन्द्रले दुईदुई प्रमुख पद जिति सकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts