| |

मेरिङ्देन गाउँपालिकामा सत्ता गठबन्धन विजयी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु विजयी हुनुभएको छ । अध्यक्ष पदमा नेपाली काँग्रेसका युकहाङबिर हाङ्गाम (डम्बर) विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद श्रेङ चोङ्बाङ विजयी हुनुभएको छ ।
हाङ्गामले २८६९ मत प्राप्त गरी मेरिङ्देन गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजंग चोङबाङलाई ९९ मतान्तरले पराजित गर्नुभएको हो । चोङबाङले २७७० मत ल्याउनुभएको थियो ।
यस्तै उपाध्यक्षमा श्रेङ चोङबाङले २५९८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पालाई फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । शेर्पाले १६५७ मत पाउनुभएको थियो भने उहाँहरुको बीचको मतान्तर १११३ रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts